Connect with us
Kapilvast Forest

जन्ती बस दुर्घटना : १३ जनाको मृत्यु

२०८२, २४ माघ शुक्रबारमा प्रकाशित

बैतडी । बैतडीमा बिहीवार राति एउटा जन्ती बस दुर्घटना हुँदा मृत्यु हुने मानिसको सङ्ख्या १३ पुगेकोछ।

आठ जनाको घटनास्थलमै ज्यान गएको थियो भने थप पाँच जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एसएसपी पदमबहादुर विष्टले बताएका छन्।

पुर्चाैडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो । बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२००१ ख १११९ नम्बरको बस राति करिब ८ बजेतिर दुर्घटनामा परेको हो।

घटनामा ३६ जना घाइते भएका छन्। उनीहरूले विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।

बस सडकबाट झन्डै १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu