Connect with us
Kapilvast Forest

चितुवाको आक्रमणबाट बर्दियामा एकै दिन दुईको मृत्यु

२०८२, २४ माघ शुक्रबारमा प्रकाशित

बर्दिया –

चितुवाको आक्रमणबाट बर्दियामा एकै दिन दुई जनाले ज्यान गुमाएका छन् ।मृत्यु हुनेमा मधुवन नगरपालिका वडा नं ९ गाउँ नं १३ बस्ने ४९ वर्षीया मैसारा डाँगी र गुलरिया नगरपालिका वडा नं ४ तुल्सीपुर बस्ने ३५ वर्षीय नन्दु रोकाय रहेका छन् ।डाँगीलाई नेपाल–भारत सिमा नजिक बारीमा छिमेकीहरूसँग घाँस काट्दै गर्दा चितुवाले आक्रमण गरी भारतीय वनतर्फ लगेको थियो । खोजबिनको क्रममा दशगजा नजिकै बारीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरी नायव उपरीक्षक देवेन्द्र कुमार मल्लले बताए ।

त्यसैगरी मृतक रोकाय बबई नदी तरेर बारबर्दिया नगरपालिकाको वडा नं ११ मा रहेको जनजागृती सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।यस अघि गत माघ ७ गते सोही गाउँमा तोरी उखाल्ने क्रममा चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका वडा नं ११ बेलभारकी खिदनी थारूको मृत्यु भएको थियो ।aडिभिजन वन कार्यालयको तथ्यांक अनुसार, गत साउन यता सात जना चितुवाको आक्रमणबाट, एक जना पाटेबाघको आक्रमणबाट र दुई जना जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj