घोराही-
दाङको घोराही उपमहानगरपालिका–१६ सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका ७ का २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र दाङको तुलसीपुर उपमहानगरपालिका १७ झिंगई बस्ने ३९ वर्षीय कमल ओली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आज बिहान घोराही–तुलसीपुर सडकखण्डको सेवार खोलामा लु प्र ०२००१ प ११०२ नम्बरको मोटरसाइकल पल्टिएको स्थान नजिकै दुई व्यक्ति पनि लडिरहेको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।उनीहरुलाई उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइँदा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।