Connect with us
Kapilvast Forest

वीरगञ्जको कपडा गोदाममा छापा हान्दा सशस्त्रमाथि आक्रमण, ३ जना घाइते

२०८२, २७ माघ सोमबारमा प्रकाशित

काठमौंडौ

वीरगञ्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा हान्ने क्रममा तस्कर समूहले आक्रमण गरेको छ । तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रुपले गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार बिहान गोदाममा छापा हानेर अवैध रुपमा भण्डार गरी राखेको ७ लाख मूल्य बराबरको कपडा बरामद गरेको छ ।

कपडा बरामदपछि तस्कर समूह आक्रमणमा उत्रिएको थियो । तस्कर समूहको ढुंगामुढा प्रहारबाट सशस्त्र प्रहरी बल नेपालको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको सहप्रवक्ता थापाले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu