Connect with us
Kapilvast Forest

विश्वकपको कुल पुरस्कार राशि एक करोड १२ लाख डलर

२०८२, २८ माघ मंगलवारमा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप २०२६ को पुरस्कार राशि सार्वजनिक गरेको छ ।

आइसिसीले कुल एक करोड १२ लाख डलरभन्दा बढी पुरस्कार राशि वितरण गर्ने जनाएको छ । कुल पुरस्कार राशि एक करोड १२ लाख ५० हजार डलर रहेको छ ।

विजेताले २३ लाख ४० हजार डलर, उपविजेताले ११ लाख ७० हजार डलर र सेमिफाइनल पुग्नेले ६ लाख ७५ हजार डलर पाउनेछन् ।

यस्तै, पाँचौँदेखि आठौँ स्थानमा रहने टिमले दुई लाख ७० हजार डलर  पाउने  आइसिसीले जनाएको छ ।

यस्तै, १३ देखि २०औँ स्थानमा रहनेले एक लाख १२ हजार पाँच सय डलर पाउनेछन् । यस्तै प्रत्येक खेल जित्नेले ३१ हजार १५४ डलर पाउनेछन् ।

भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरिरहेको विश्वकपमा नेपालसहित २० सहभागी छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu