लुम्बिनी प्रदेशभर चैते दशैको सार्वजनिक बिदा
लुम्बिनी प्रदेश सरकारले चैत १२ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चैते दशै अष्टमीका दिन लुम्बिनीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश राजपत्र भाग ३, खण्ड ६, संख्या १४ मा प्रकाशित सूचनाअनुसार उक्त दिन बिदा दिने निर्णय भएको जनाइएको छ ।
चैत्र १३ गते चैते दशैको देशभर सार्वजनिक बिदा छ भने चैत्र १४ गते शनिबारको बिदा छ । यो संगै लगातार ३ दिन हुने भएको छ ।