Connect with us
Kapilvast Forest

लागु औषधसहित २४ वर्षीय युवक पक्राउ

२०८२, २० चैत्र शुक्रबारमा प्रकाशित

pakrau

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

बुधबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले नुवाकोट जिल्ला, ककनी गाउँपालिका–५ हिले घर भई काठमाडौं, नागार्जुन नगरपालिका–३ सिता बाल विकास माध्यमिक विद्यालय नजिक डेरा गरी बस्ने २४ वर्षीय सुनिल चिम्से (सुनिल गोले)लाई लागु औषधसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गत १८ गते साँझ करिब ६ बजे प्राप्त सूचनाको आधारमा युवकको कोठा खानतलासी गर्दा ट्रामाडोल ४,६८० क्याप्सुल, नाइट्राजेपाम १४५ ट्याबलेट, डाइजापाम ६० एम्पुल, फेनार्गन ५८ एम्पुल, नुर्फिन ५८ एम्पुल, विभिन्न कम्पनीका मोबाइल ३ थान र नगद १७,३०० रुपैयाँ बरामद भएको छ ।

प्रहरीले घटनास्थलबाट युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ । प्रहरी वृत्त स्वयम्भूले कानुनी प्रक्रिया अनुसार आवश्यक कदम चालिरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu