Connect with us
Kapilvast Forest

‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक

२०८२, २० चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं । नयाँ वर्षको छेको पारेर चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक गरिएको छ ।बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच निर्माण पक्षले एक्सनप्रधान ट्रेलर सार्वजनिक गरेको हो । तीन मिनेटभन्दा लामो ट्रेलरमा अन्यायविरुद्ध लड्ने पात्रको कथा देखाइएको छ । प्रेम, बदला र भावनात्मक उतारचढावलाई पनि ट्रेलरमा समेटिएको छ ।

साहिल खानले तयार पारेको ट्रेलरमा अभिनेता विराज भट्ट हाबी देखिएका छन् । पश्चिमेली लवजमा प्रस्तुत भएका उनी श्रीमती (सुपुष्पा भट्ट)को हत्याको बदला लिन भिलेनहरूसँग लडिरहेका देखिन्छन् । ट्रेलरमा उनको हिंसक अवतारसँगै भावनात्मक पक्ष पनि देखाइएको छ । विराज र सुशील श्रेष्ठबीचको टकरावको दृश्यले ट्रेलरलाई अझ प्रभावशाली बनाएको छ ।

माइकल चन्दको निर्देशनमा बनेको यस फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की, दिनेश डिसी, सुधीर श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu