Connect with us
Kapilvast Forest

म हरायकी हु त्यो शहरबाट- गजल

२०८२, २२ कार्तिक शुक्रबारमा प्रकाशित

चर्चित गायीका रीता केसीले हालै मात्र म हरायकी हु त्यो शहरबाट नामको गजल गीत बजारमा ल्याएकी छिन ।

सांगेतिक क्षेत्रमा लामो समय विताएर दर्जनौ गीत गाएकी केसीले आधुनिक, लोक तथा गजलहरुमा स्वर दिदै आएकी छिन । उनको भर्खरै बजारमा आएको म हरायकी हु त्यो शहरबाटको गजलका गजलकार कपिल अन्जान हुन भने गजलमा राजेन्द्र बजगाईले संगीत भरेका थिए ।

उक्त गजलमा स्वयम गायीका केसीले अभिनय गरेकी छिन । सानै उमेर देखी सांगेतिक क्षेत्रमा उचि राख्ने गायीका केसीले गाएका थुप्रै गीतहरुले चर्चाको शिखर समेत चुमेका छन् । सांगेतिक क्षेत्रमा आफूलाई अब्बल बनाउन सफल गायीका केसी स्वदेशमा मात्र नभई विदेशमा हुने गरेका थुप्रै सांगितिक कार्यक्रममा समेत व्यस्त हुने गरेकी छिन ।

उनको जादुमय स्वरले सबैलाई लठ्ठ बनाउने र आकर्षित गर्ने गर्दछ । स्वदेश तथा विदेशमा हुने सांगितिक कार्यक्रममा उनको प्रत्यक्ष गीत सुन्न र हेर्न दर्शकहरुको उत्साह जनक सहभागीता हुने गरेको छ । उनको हालै मात्र आएको गजलको म्यूजिक भिडियोले दर्शकको मन जित्न थालेको छ ।

उक्त गजलको छायाङकन राम कुमार केसीले गरेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । उक्त गजल गीत Rita kc youtube channel बाट बजारमा आएको छ ।
https://www.youtube.com/watch?v=5pSnvNYJuO8

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu