Connect with us
Kapilvast Forest

कपिलवस्तुको चन्द्रौटामा ब्युटी पार्लर तालिम सम्पन्न

२०८२, २४ चैत्र मंगलवारमा प्रकाशित

न्युजसेन्टर नेपाल-
कपिलवस्तुको चन्द्रौटास्थित सुन्दर नगरीमा रहेको मायाज मेकअप एण्ड नेल स्टुडियोद्वारा आयोजित ब्युटी पार्लर (सिम्पल मेकअप) तालिम सम्पन्न भएको छ । तालिम समापनसँगै सहभागीहरुलाई एक कार्यक्रमका बीच प्रमाणपत्र वितरण गरिएको छ ।
तालिममा सहभागीहरुले सिम्पल मेकअप सम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक ज्ञान हासिल गर्दै कोर्स सफलतापूर्वक पूरा गरेका हुन्।

तालिम पूरा गरेका सहभागीहरुलाई व्यावसायिक ब्युटिसियन तथा नेल टेक्निसियनका रूपमा प्रमाणित गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा स्टुडियोकी प्रबन्ध निर्देशक माया चौधरीले सहभागीहरुको मेहनत, लगनशीलता र सिकाइप्रतिको प्रतिबद्धताको प्रशंसा गर्नुभयो।

यायाले सिकेको सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्न आग्रह गर्दै यस्ता तालिमले महिलाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

मायाज मेकअप एण्ड नेल स्टुडियोले समय–समयमा यस्ता सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ। यसले स्थानीय युवती तथा महिलाहरुलाई सीप सिकाएर स्वरोजगार र आत्मनिर्भर बन्न प्रेरित गर्दै आएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu