Connect with us
Kapilvast Forest

सिद्धार्थको मनमोहक प्रस्तुति, पाँचौँ वार्षिकोत्सव सम्पन्न

२०८२, २५ चैत्र बुधबारमा प्रकाशित

न्युजसेन्टर नेपाल 

कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा अवस्थित सिद्धार्थ बाल विकास केन्द्रको पाँचौँ वार्षिकोत्सव तथा वार्षिक परिणाम प्रकाशन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा केन्द्रमा अध्ययनरत साना बालबालिकाहरूले आकर्षक नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएका थिए । रंगीन मञ्च सजावट, गुब्बारा र झिलिमिली वातावरणबीच बालबालिकाको प्रस्तुति हेर्न अभिभावक तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।

बालबालिकाले समूहगत नृत्य, अभिनय तथा गीत प्रस्तुत गर्दै दर्शकको मन जितेका थिए । साना बालबालिकाको आत्मविश्वास र सिर्जनशील प्रस्तुति देखेर उपस्थित सबै उत्साहित बनेका थिए ।

कार्यक्रमको अध्यक्षता केन्द्रका अध्यक्ष सुरेन्द्र प्रसाद चौधरीले गर्नुभएको थियो । उहाँले विद्यालयको भौतिक विकाससँगै विद्यार्थीको शैक्षिक गुणस्तर सुधारमा विशेष ध्यान दिइएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरीले यस्ता कार्यक्रमहरूले विद्यार्थीमा नयाँ ऊर्जा थप्ने र समग्र शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।
केन्द्रले विगत केही वर्षदेखि मन्टेश्वरी विधिबाट शिक्षण गर्दै आएको र बालबालिकाको शारीरिक तथा सामाजिक विकासमा जोड दिँदै आएको जनाएको छ ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गर्नुका साथै सहभागी सबै बालबालिकालाई प्रमाणपत्र प्रदान गरिएको थियो । अभिभावकहरूले यस्ता कार्यक्रमले बालबालिकाको प्रतिभा प्रस्फुटनमा सकारात्मक प्रभाव पार्ने बताएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu