Connect with us
Kapilvast Forest

प्रविधिमार्फत सरकारलाई खबरदारी गर्न डिजिटल प्रतिपक्ष

२०८२, २६ चैत्र बिहीबारमा प्रकाशित

‘गभर्मेन्ट हन्ड्रेड प्रमिसेस इन हन्ड्रेड डेज् !’रास्वपा नेतृत्वको सरकारका हरेक प्रतिबद्धता ट्र्याक गर्ने उद्देश्यसहित युवाहरूले डिजिटल प्रतिपक्ष बनाएर खबरदारी गर्न थालेका छन् ।

‘हामीले देश परिवर्तन हुने आशासहित मत हाल्यौँ । तर कुनै पनि लोकतन्त्र मतपेटिका गएर टुंगिदैन । यसबाट झन् खबरदारी र प्रश्न सुरु हुन्छ । सरकारले १०० दिने वाचा गरेको छ, अब यसलाई प्रतिपक्षको रूपमा हेर्न र खबरदारी गर्न हामीले डिजिटल प्रतिपक्ष ल्याएका हौं,’ डिजिटल प्रतिपक्षको पृष्ठभूमिमा भनिएको छ ।

योसँगै टाइमलाइन देखाइएको छ, जसमा दिन/घण्टा/मिनेट/सेकेन्ड गरेर सरकारले आफैं तोकेको समयसीमाको काउन्टडाउन गरिएको छ । यसरी डिजिटल प्रतिपक्ष नामक वेबसाइट खोल्नासाथ देखाइएको यो सन्देश ‘स्किप’ गरेपछि विस्तृतमा सबै कुरा हेर्न सकिन्छ ।

यसरी डिजिटल प्रविधिको प्रयोग गरेर सरकारलाई खबरदारी गर्न चाहेका युवाहरूले आफ्नो पहिचान भने खोल्न चाहेनन् । उनीहरू नेपथ्यमै रहेर सरकारमाथि तथ्यगत प्रश्न गर्न चाहन्छन् । प्रविधिको तागतको अगाडि कुनै व्यक्ति अगाडि आएर प्रचारबाजी गर्न आवश्यक नरहेको ती युवाहरूको बुझाइ छ ।

‘हामीले सकेको खबरदारी गर्नेछौँ । यसको लागि हामी कोही नेता बन्न अगाडि आउनु छैन । बरु निष्पक्ष र पूर्वाग्रहबाट बाहिर आएर सरकारलाई प्रश्न र खबरदारी गर्छौं,’ यसका सञ्चालकमध्ये एक युवाले भने, ‘संसदीय अंकगणितमा प्रतिपक्ष कमजोर देखिए पनि बाहिर रहेका हामीले सचेततापूर्वक खबरदारी गरिरहन्छौँ । हरेक गतिविधि र सरकारकै वाचाहरूलाई ट्र्याक गर्छौं ।’

संसद् भित्रको प्रतिपक्ष संख्यामा कमजोर भए पनि प्रविधिको माध्यमबाट आम जनताको आवाजलाई शक्तिशाली बनाउन यो केन्द्रित हुने उनीहरूको भनाइ छ ।
यी युवाका अनुसार, वर्तमान राजनीतिक परिदृश्यमा सत्तापक्षको गणितीय उपस्थिति यति विशाल छ कि, संसद् भित्र प्रतिपक्षी दलहरूको भूमिका खुम्चिने र सरकारमाथि उठ्ने प्रश्नहरू कमजोर हुने जोखिम बढ्दो छ । यही रिक्ततालाई पूर्ति गर्न र लोकतन्त्रमा नागरिकको ‘वाचडग’को भूमिकालाई प्रभावकारी बनाउन ‘डिजिटल प्रतिपक्ष’ सुरु गरिएको हो ।

संसद् भित्रको प्रतिपक्ष संख्यामा कमजोर भए पनि प्रविधिको माध्यमबाट आम जनताको आवाजलाई शक्तिशाली बनाउन यो केन्द्रित हुने उनीहरूको भनाइ छ ।

तत्कालको लागि डिजिटल प्रतिपक्षको सबैभन्दा बलियो पक्ष यसको ‘१०० बाचा ट्र्याकर’ हो । सरकारमा सहभागी दलहरूले सत्ता सम्हाल्दा गरेका वाचा र प्रतिबद्धताहरू केवल कागजमा सीमित या काम भइरहेका छन् भन्ने कुरा यसले तथ्य र प्रमाणका आधारमा सार्वजनिक गर्छ । यसमा सरकारले हालै सार्वजनिक गरेको १०० वटा कार्यसूचीलाई ट्र्याक गर्नेछ । सरकारको कार्यसम्पादनको वस्तुनिष्ठ मूल्याङ्कन गर्छ ।

डिजिटल प्रतिपक्षमा हरेक सांसदहरूको विवरण राख्नेछ । नागरिकले आफ्ना प्रतिनिधिले संसद्मा कस्तो भूमिका खेलिरहेका छन्, उनीहरूको हाजिरी कस्तो छ र संसद्मा कति पटक जनसरोकारका विषय उठाए भन्ने कुरा सजिलै हेर्न सक्छन् । यो हेर्न भने यसमा आईडी बनाएर लगइन गर्नुपर्छ ।

त्यस्तै, ‘विधेयक ट्र्याकर’ मार्फत संसद्मा पेस भएका विधेयकहरूको मस्यौदादेखि निर्णय प्रक्रियासम्मको चक्रलाई हेरिने छ । यसले गर्दा नीतिगत भ्रष्टाचार हुने सम्भावनालाई न्यूनीकरण गर्न र नागरिकको हित विपरीतका कानुन बन्न नदिन डिजिटल स्पेसबाटै खबरदारी गर्ने तयारी यसका सञ्चालक समूहको छ ।

डिजिटल प्रतिपक्षमाझै यसमा पनि सरकारले आफूले तोकेको काम गर्न कति समय बाँकी छ भनेर काउन्टडाउन गरिएको छ ।
यसमा नागरिकले हेर्ने मात्र होइन, आफूलाई समेत सहभागी गराएर खबरदारी गर्न सक्छन् । ‘नागरिक जनमत’ मार्फत शासन प्रक्रियामा प्रत्यक्ष सहभागी हुनेछन् । कारण, राष्ट्रिय महत्त्वका मुद्दाहरूमा जनताको राय संकलन आवश्यक हुन्छ । त्यसैले सबैका कुरा समेटेर सरकार र संसद्सम्म पुर्‍याउने काम यसले गर्ने उनीहरूको दाबी छ ।

त्यस्तै, अर्को प्लेटफर्म छ– प्रतिपक्षडटकम । यस प्लेटफर्मको उद्देश्य पनि सरकारका वाचाहरू ट्र्याक गरेर काम भए–नभएको देखाउने देखिन्छ । ‘जनताको आवाज, सत्ताको जवाफ’ नारा यसले दिएको छ, जसले डिजिटल निगरानी गरेर सरकारको खबरदारी गर्ने उद्देश्य राखेको छ ।

डिजिटल प्रतिपक्षमाझै यसमा पनि सरकारले आफूले तोकेको काम गर्न कति समय बाँकी छ भनेर काउन्टडाउन गरिएको छ । वेबसाइटमा सरकारको प्रतिबद्धता, पूरा भएका काम, कार्यन्वयनको क्रममा रहेको, असफल भएका काम लगायतका विषयवस्तु समेटिएको छ । खासमा यो सरकारको ‘प्रमिस ट्र्याकर’को रूपमा देखिएको छ ।

यसरी बलियो सरकार बनेसँगै बलियो प्रतिपक्षी आवश्यक रहने भन्दै युवाहरूले डिजिटल प्रतिपक्ष बनाएर सरकारको खबरदारी गर्ने ट्रेन्ड बढाएको देखिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu