Connect with us
Kapilvast Forest

अक्सफोर्डको पहिलो बार्षिकोत्सव सम्पन्न

२०८२, २९ चैत्र आईतवारमा प्रकाशित

कपिलवस्तु

कपिलवस्तुको कृष्णानगर नगरपालिकाका वडा नं २ मा रहेको अक्सफोर्ड इंग्लिश एकेडमीको पहिलो बार्षिकोत्सव भब्य रुपमा शनिवार सम्पन्न भएको छ ।

वार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि रहेका कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले अक्सफोर्ड इङ्लिस एकेडमी जस्ता शैक्षिक संस्थाले कृष्णनगरको शैक्षिक गुणस्तरमा सुधार ल्याउनु पर्ने बताउनु भयो ।

बोर्डिङ स्कुलहरू आर्थिक पार्जनभन्दा शैक्षिक गुणस्तरमा ध्यान दिए विद्यालयसँगै नगरको समेत विकास हुने बताउनुहोस् ।

एकेडेमीका प्रधानाध्यापक अरशद खानले शैक्षिक सुधारका लागि पहल गरिरहेको बताउनु भयो । प्रअ खानले भन्नुभयो हामीले स्थनिय मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराउने खालको शिक्षा प्रदान गर्ने जमर्को गरिरहेको भनाई राख्नुभयो ।

एकेडेमीका डायरेक्टर फजल खानले विद्यालयको सम्पुर्ण सदस्य, विद्यालयका सम्पूर्ण मेडमहरुको अहम भूमिका को कारणले कार्यक्रम भब्य रुपमा सम्पन्न भएको बताउनु भयो ।

सो कार्यक्रममा समाजसेवी तथा शिक्षा प्रेमी रिनु शर्मा,राहुल मोदनवाल,सोनू मोदनवाल,संजय गुप्ता,मौलाना मकसूद,आलोक ओझा,तफ़्सीर अहमद, गुफरान अहमद,साकिर, धीरेंद्र विक्रम सिंह, नारायण भण्डारी, पत्रकार अंकुश श्रीवास्तव, अजय मिश्रा लगायतको उपस्थिति रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu