Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीले संसदीय व्यवस्थाको उल्लंघन गरे: महामन्त्री पौडेल

२०८३, ३० बैशाख बुधबारमा प्रकाशित

न्युज सेन्टर नेपाल
 नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाह ले राष्ट्रपतिले सम्बोधन गरिरहेकै बेला संसदबाट बाहिरिनु संसदीय व्यवस्थामाथिको अवहेलना भएको बताउनु भएको छ ।
कपिलवस्तुको चन्द्रौटामा पत्रकारहरूसँग कुरा गर्दै पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका महामन्त्री पौडेलले वर्तमान सरकारले दुईतिहाइको समर्थन हुँदाहुँदै अध्यादेशमार्फत नियम तथा कानुन ल्याउनु गलत भएको टिप्पणी गर्नुभयो ।
उहाले संसदभित्रै छलफल, बहस र सहकार्यबाट कानुन निर्माण गर्ने प्रशस्त सम्भावना हुँदाहुँदै अध्यादेश ल्याइनु उचित नभएको बताउनुभयो ।
 पौडेलले संसदलाई छल्दै अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको टिप्पणी गर्नुभयो ।
त्यस्तै, उहाले सुकुम्बासी समस्याको समाधानमा सरकारले बल प्रयोग गरेको भन्दै आलोचना गर्नुभयो । वास्तविक र नक्कली सुकुम्बासी छुट्याएर मात्रै आवश्यक निर्णय लिनुपर्ने उहाँको भनाइ थियो  ।
“सुकुम्बासीको पहिचान नगरी एक्कासि घर भत्काउनु अमानवीय र अस्वीकार्य कार्य हो,” उहाले भने, “कम्तीमा एक महिनाको समय दिएर व्यवस्थित रूपमा समाधान खोजिनुपर्छ।”
महामन्त्री पौडेलले नेपाली कांग्रेसभित्र बढ्दो गुट–उपगुटको प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गर्नुभयो ।
 उहाले पार्टीभित्र विश्वासको वातावरण निर्माण गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu