अस्पतालको ३८ लाख घोटाला काण्ड: मिश्र र रिमाल फरार
न्युजसेन्टर नेपाल-
कपिलवस्तु शिवराज नगरपालिका अन्तर्गत रहेको आधारभूत स्वास्थ्य अस्पतालमा देखिएको ३८ लाख घोटाला काण्डमा मुछिएका ५ जना पक्राउ परेका छन भने दुई जना फरार भएका छन ।
अस्पतालका तत्कालीन प्रशासन शाखा प्रमुख सिअहेब विरेन्द्र मिश्र र अस्पतालका फर्मेसिष्ट लक्ष्मण रिमाल फरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरी कार्यालयमा उजुरी परे लगत्तै प्रहरीले शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराई, डा. अमित पाण्डे र फर्मेसिष्ट रुक्साना खातुनलाई पक्राउ गरि हिरासतमा राखेको छ ।
त्यस्तै बैंकतर्फबाट कमल भण्डारी र विक्रम केसीसँग पनि पक्राउ गरि ७ दिनको म्याद थप गरिएको छ ।
फरार मिश्र र रिमालको खोजी कार्य भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
बरामद गरिएका भौचरमा रिमालको हस्तक्षर भएको समाचार न्युज सेन्टर नेपालले प्रकाशित गरेपछि रिमालले नेपाल प्रेस काउन्सिलमा उजुरी दिएका थिए । पालिकाले रिमाल विरुद्ध जाहेरी दिँदा उनी भने अहिले फरार भएका छन् ।
गत आर्थिक वर्षको लेखापरीक्षणका क्रममा ३८ लाख १९ हजार रुपैयाँ बराबरका बैंक भौचर फेला परे पनि सम्बन्धित बैंक खातामा रकम दाखिला नभएको पुष्टि भएपछि उनिहरु पक्राउ परेका छन ।
अस्पतालको फार्मेसी तथा विभिन्न सेवा शुल्कबाट संकलन गरिएको रकम विभिन्न मितिमा १ सय २९ वटा भौचरमार्फत जम्मा गरिएको देखिए पनि नेपाल बैंक चन्द्रौटा शाखास्थित अस्पतालको खातामा उक्त रकम देखिएको छैन ।
यो पनि पढनुस
https://newscenternepal.com/2026/05/142867