Connect with us
Kapilvast Forest

विद्यार्थीको रोजाई बन्दै कपिलवस्तु टेक्निकल इन्स्टिच्युट

२०८३, १ जेष्ठ शुक्रबारमा प्रकाशित

कपिलवस्तु-
नेपालमा पछिल्लो समय प्राविधिक शिक्षाप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य सेवा, प्रविधि र रोजगारीको बढ्दो सम्भावनाले युवापुस्तालाई सीपमूलक शिक्षातर्फ आकर्षित गरेको हो । यही आवश्यकता र समयको मागलाई आत्मसात गर्दै वि.सं. २०५४ मा स्थापित कपिलवस्तु टेक्निकल इन्स्टिच्युटले शैक्षिक सत्र २०८२।०८३ का लागि विभिन्न प्राविधिक कार्यक्रमहरूमा भर्ना खुला गरेको जनाएको छ।

संस्थाले सिटिइभीटीबाट सम्बन्धन प्राप्त गरी तीन वर्षे डिप्लोमा इन मेडिकल ल्याब टेक्नोलोजी (ल्याब टेक्निसियन), डिप्लोमा इन फिजियोथेरापी, हेल्थ असिस्टेन्ट (एच.ए.), डिप्लोमा इन फार्मेसी तथा १८ महिने अमिन कार्यक्रम सञ्चालन गर्दै आएको छ । एसईई उत्तीर्ण विद्यार्थीहरूले यी कार्यक्रम अध्ययन गर्न पाउँछन् ।

निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष तथा संस्थाका कार्यकारी निर्देशक अरुण कुमार पाण्डेयले प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताउँदै सीपमूलक अध्ययनले युवालाई आत्मनिर्भर बनाउने धारणा व्यक्त गरे । उनका अनुसार केवल सैद्धान्तिक शिक्षा मात्र नभई व्यवहारिक दक्षताले नै भविष्य सुरक्षित बनाउँछ ।

डिप्लोमा इन मेडिकल ल्याब टेक्नोलोजी
यस कार्यक्रममार्फत विद्यार्थीहरूले रक्त परीक्षण, बायोकेमिकल परीक्षण, माइक्रोबायोलोजी, ब्लड बैंकिङ, सरुवा रोग परीक्षणलगायत प्रयोगशालासम्बन्धी व्यवहारिक ज्ञान र सीप हासिल गर्छन् । स्वास्थ्य संस्थाहरूमा दक्ष ल्याब जनशक्ति उत्पादन गर्नु यसको मुख्य उद्देश्य हो ।

डिप्लोमा इन फिजियोथेरापी
दुर्घटना, पक्षघात, हाडजोर्नी समस्या तथा पुनर्स्थापनासम्बन्धी उपचारमा फिजियोथेरापीको भूमिका महत्वपूर्ण मानिन्छ । तीन वर्षे यस कार्यक्रममा उपचारात्मक व्यायाम, इलेक्ट्रोथेरापी, हाइड्रोथेरापी, चिकित्सीय मसाज तथा क्लिनिकल अभ्याससम्बन्धी ज्ञान प्रदान गरिन्छ ।

हेल्थ असिस्टेन्ट (एच.ए.)
एच.ए. कार्यक्रम ग्रामीण तथा शहरी क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा दिन सक्ने मध्यमस्तरका स्वास्थ्यकर्मी उत्पादनमा केन्द्रित छ । अध्ययनसँगै अस्पताल र समुदायस्तरमा व्यवहारिक तथा फिल्ड अभ्याससमेत गराइन्छ ।
डिप्लोमा इन फार्मेसी
औषधि उत्पादन, वितरण, सुरक्षित प्रयोग तथा औषधि व्यवस्थापनसम्बन्धी ज्ञान प्रदान गर्ने यो कार्यक्रम स्वास्थ्य क्षेत्रमा व्यावसायिक भविष्य चाहने विद्यार्थीका लागि उत्कृष्ट मानिन्छ । विद्यार्थीहरूले फार्मास्युटिक्स, फार्माकोलोजी, क्लिनिकल फार्मेसीलगायत विषय अध्ययन गर्नुका साथै इन्टर्नशिप पनि गर्नुपर्ने हुन्छ ।

१८ महिने अमिन
स्वास्थ्य क्षेत्रसँगै पूर्वाधार विकासतर्फ पनि संस्थाले १८ महिने अमिन कार्यक्रम सञ्चालन गर्दै आएको छ । सडक, भवन, पुल, सिँचाइ, खानेपानी तथा जग्गा नापजाँचका क्षेत्रमा दक्ष जनशक्तिको माग बढिरहेका बेला यो कार्यक्रम उपयोगी मानिन्छ । यसमा जग्गा नापजाँच, नक्सा तयार गर्ने, फिल्ड सर्भे, लेभलिङ तथा आधुनिक सर्वे उपकरण सञ्चालनसम्बन्धी व्यवहारिक सीप सिकाइन्छ ।

आजको प्रतिस्पर्धात्मक समयमा सीप, दक्षता र व्यवहारिक ज्ञान नै सफलताको आधार बनेको छ । स्वास्थ्य तथा प्राविधिक क्षेत्रमा सम्मानित पेशा, रोजगारीको अवसर र आत्मनिर्भर भविष्य खोजिरहेका विद्यार्थीका लागि कपिलवस्तु टेक्निकल इन्स्टिच्युट उत्कृष्ट गन्तव्य बन्न सक्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu