Connect with us
Kapilvast Forest

शक्ती केन्द्रलाई प्रभावित बनाएर लुम्बिनी विकास कोषमा तेस्रो पटक उपाध्यक्ष बन्न खोज्दै अवधेश

२०८३, ८ जेष्ठ शुक्रबारमा प्रकाशित

लुम्बिनी
विश्व संपदास्थल लुम्बिनीको बिधिबिधान बिगारेर शक्तीकेन्द्रलाई खुसी बनाउन माहिर अवधेशकुमार त्रिपाठी (मैत्तेय शाक्यपुत्ता) फेरी लुम्बिनी विकास कोषको उपाध्यक्ष लागेका छन् ।
उनी आफु क्यानाडा बसेरै आफ्ना मान्छे परिचालन गरेर उपाध्यक्ष बन्न पहुचवाला ब्यक्ती र शक्ती केन्द्र धाई रहेका छन् । कोही एक पटक बन्न पाएका छैनन् । उनी भने जसरीपनि तेस्रो पटककालागि उपाध्यक्ष हुन कस्सिएर लागेका छन् ।

लुम्बिनीलाई उपयोग गरेर राम्रो फाईदा लिएका उनी यस पटक पनि उपाध्यक्ष बन्न क्यानाडाबाट नेपालमा सक्रिय बनेका छन् । अरुलाई मिठो कुरा गरेर फकाउन सक्ने कलाका धनी ४० वर्षे अवधेश निक्कै चतुर र चलाख छन् । बुद्ध धर्म संघ र शिलका कुरा गरेर उनी फकाउछन् ।

सुरुमा उनी काग्रेस सासद भरतकुमार शाहको सिफरिसमा प्रम शेरबहादुर देउवाले २०७४ मंसिर १४ गते कोष उपाध्यक्षमा नियुक्ती गरे । त्यसपछि एमालेका केपी ओली नेतृत्वको सरकार बनेपछि २०७५ असार २१ मा उन पदमुक्त भए ।

तर, उनी रिझाउन र फकाउन सक्ने क्षमताका धनी त्रिपाठीले ओली सरकार बनेको २० दिनपछि बालकोटलाई प्रभावमा पारेर फेरी ०७५ साउन १० गते कोष उपाध्यक्षमा दोस्रो पटक नियुक्ती हुने भाग्यमानी बने । उनको ५ वर्षे कार्यकालमा हुने÷नहुने काम भए ।
जापानी वास्तुकलाबिद् केन्जो टांगेले लुम्बिनीको विकासकालागि बनाएको गुरुयोजनालाई बिगार्ने कामको पनि नेतृच्वकतापनि उनै बने । लुम्बिनीको थिति र बिधी बिगारे । उनको पालमा बनेकोे ५ हजार अटाउने छाता आकारको अन्तर्राष्ट्रिय सभा तथा बौद्ध ध्यान केन्द्र चुहिएर बेहाल बनेकोछ ।

६३ करोड ८ लाख खर्च गरेर बनाईएको ध्यान केन्द्र अहिलेपनि चुहिएर भेग बग्छ । निर्माण ब्यवसायीले लुम्बिनी विकास कोषलाई हस्तान्तरण नगर्दै पहिलो पटक २०७९ चैत्र १७ गते वर्षा भएर चुहिएपछि तत्कालिन पर्यटन मन्त्री सुदन किराती हल हेर्न आफै पुगेका थिए ।

यीनैका पालामा रकम अभावमा लामो समयदेखि पूरा हुन नसकेको लुम्बिनी विकास गुरुयोजना पूरा गर्न तत्कालिन अर्थमन्त्री बिष्णु पौडेललाई कन्भिन्स गरेर ७ अर्बको अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गर्यो ।

ठेक्काकालागि अन्तर्राष्ट्रिय टेण्डर गर्ने भनिएपनि पछि कमिसनकालागि टुक्रयाएर एक÷एक अर्ब भन्दा कम रकमका ४ वटा ठेक्का निकालियो । सबै नेपाली निर्माण कम्पनीले टेण्डर सकारेर काम गरे । ठेक्का टुक्रयाईएपछि तत्कालिन अर्थ मन्त्री पौडेलले कुरा बुझे ।

अहिले लुम्बिनीको विकासकालागि कुरा गर्न जानेलाई पौडेलले दुखेसो गर्छन् । त्यसपछि पहिलो चरण २०७८ मा लागेको ३ अर्ब ६० करोडको ठेक्काको पुरै भुक्तानी अर्थले दिन आनाकानी गरिरहेकोछ ।
त्यस्तै लुम्बिनी स्क्वायर स्थित वेष्ट पोण्डमा गुरुयोजना विपरित हरियाली प्राकृतिक वातावरण नासेर क्रंकिटको शाक्यमुनी बुद्धको अद्र्धकदको मूर्ति बनाउन पनि उनले दिएका थिए ।

ड्रिगुङ काग्युद धर्मराजा फाउण्डेसनले गुरुयोजनाले कल्पनानै नगरेको ठाउमा एक करोड लागतमा मूर्ति राखेको हो ।
यीनका पालामा २०७६ साउनमा लुम्बिनी विकास गुरुयोजना पूरा गर्न परामर्शदाता छनौट गर्दा अपारदर्शी तरिकाले गरिएको थियो । भारतको टेलीकम्युनिकेसन्स कन्सल्टेण्ट ईण्डिया लिमिटेड र ललितपुरको सिभिल इन्फरमेटिक्स एण्ड सुलुसन प्रालिको ज्वाईण्ट भेन्चर टिसीआईएल सिआईएएसलाई परामर्शदाता नियुक्त गरिएपछि जेपीजेडमलेसियाश्रेष्ठडेकोन टेनोक्रयाट् जेभी ललितपुरले असहमति जनाउदै उजुरी दर्ता गरेको थियो ।

उनी यस्ता भिक्षु हुन् जो विलासी गाडी चढन रुचाउछन् । उनी आफू उपाध्यक्ष हुदा गाडी चढ्न टिकट बिक्री, दान र चन्दाबाट चल्ने कोषको एक करोड ५८ लाख खर्चेर जापानी पेजोरो स्पट गाडी किन्न टेण्डर निकालेका थिए ।

०७६ पुस पहिलो साता ईबिडिङकालागि सूचना निकालेपछि सप्लायर्सले बोलपत्र समेत पेश गरेको थियो । भिक्षुकालागि बिलासी गाडी किन्न लागेका सूचना बाहिरिएर चौतर्फी विरोध भएपछि मन्त्रालयको हस्तक्षेपमा २४७७ सिसिको वाताअनुकूलित पेजेरो गाडी किन्न रोकिएको थियो ।

त्यस्तै तत्कालिन पर्यटन मन्त्री रबिन्द्र अधिकारीको प्रभावमा परेर उनले अमेरिकामा मुख्यालय रहेको ईन्टरनेशनल क्रेन फाउण्डेसनलाई १९९४ मा ५० वर्षकालागि लिजमा दिएको जग्गमध्ये केही जग्गा सिद्धार्थ ईन्टरप्राईजेजलाई भाडामा लगाएका छन् । कोषको १२ नंबर गेट निर १२ बिघा जग्गा सिद्धार्थ ईन्टरप्राईजेजलाई फलफुल र रुखबिरुवाको नर्सरीकालागि उनै उपाध्यक्ष त्रिपाठीले दिएका छन् ।

एउटा संस्थालाई दिएको जग्गा अर्कोलाई दिनु गैरकानूनी मानिन्छ । कोषलाई वर्षको ३ लाख लिने गरि भाडामा लगाएका छन् । उता सिद्धार्थ ईन्टरप्राईजेजले ड्रागन फ्रुट बेचेरमात्र ३ लाख बढी आम्दानी गर्छ । अरु बोट बिरुवा र फुलफुलपनि उस्तै बेच्छ । जग्गाको न्युन भाडा तिरेर राम्रो आम्दानी गरेर ब्यापार गरिरहेकोछ ।

जबकी २०७७ मा कोष बोर्ड सदस्य राजेश ज्ञवालीको संयोजकत्वमा गठन भएको विहार क्षेत्र अध्ययन उप समितिलेपनि पनि नर्सरी उत्पादनको औचित्य नदेखिएको भनेर प्रश्न उठाएको थियो । ईन्टरनेशनल क्रेन फाउण्डेसनले दुर्लभ पन्छी आहारविहारकालागि त्यहा लुम्बिनी क्रेन स्याङचुरी बनाएकोछ । त्रिपाठी उपाध्यक्ष हुदा २०८० जेठ पहिलोसाता पर्यटन मन्त्री सुदन किरातीले लुम्बिनी विकास कोषलाई १३ बुदे स्परिष्टकरण सोधेका थिए ।

त्यसमध्ये लुम्बिनी विकास कोषका उपाध्यक्ष त्रिपाठीले पदको दुरूपयोग गरी विभिन्न संस्थाबाट मासिक तलब बुने गरेको विषयमा के भएको हो, सोको जानकारी दिन पनि मन्त्री किरातीले लुम्बिनी विकास कोषलाई निर्देशन दिएका थिए ।

त्यस्तै उपाध्यक्ष त्रिपाठीले लुम्बिनी क्रेन स्याङचुरीमा रहेको विभिन्न पोखरी र मार्गलाई संरक्षणमा लागेका शक्तीशाली ब्यक्तीलाई खुसी पार्न उनीहरुको नामबाट नामाकरण गरेका थिए । २०७७ मा सरकारको तालुक मन्त्रालय र लुम्बिनी कोषबाट कुनै निर्णय नगराई आफूखुसी मनलाग्दी ब्यक्तीको नामबाट नामाकरण गरेका थिए ।

पहिले ७ र पछि ५ वटा थपेर १२ जनाको नाममा सिमसार क्षेत्रको नाम नामाकरण गरेका थिए । बुद्ध जन्मस्थल लुम्बिनीको हाताभित्र सिमसार निर्माण गरेर व्यक्तिको नामबाट नामकरण गरिएपछि संरक्षण क्षेत्रका विज्ञहरूले आलोचना गरेका थिए ।

त्रिपाठीले स्व. डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङ, डा. मिङ्मा नोर्बु शेर्पा, हरिशरण नेपाली काजी, डा. तीर्थमान मास्के, डा. जर्ज अर्चिबल्र्ड र डा. घन गुरुङको नामबाट सिमसार क्षेत्रको नाम राखेका थिए । त्यस्तै रेचुल कार्सन, डा. सलिम अली, रोबर्ट बेटमेन, पिटर म्याथिसन र आल्डो लियोको नामबाट पोखरीको नामाकरण गरेका थिए ।
२०४८ साल यता सूर्यबहादुर शाक्यदेखि २०८० साउन ११ गते ल्याहारक्याल लामासम्म १७ जना कोष उपाध्यक्षमा नियुक्त भए । त्यसमध्ये त्रिपाठी भाग्मानीमा पर्छन् । उनी दुई पटक नियुक्त भए । लामा नियुक्त हुने बेलासम्मपनि उनी तेस्रो पटक नियुक्तीकालागि काठमाडौंमा डेरा जमाएर बसेका थिए ।

तर लामा उपाध्यक्षमा नियुक्त भएपछि उनी क्यानाडा र कोष्टारिका गएर बसे । क्यानाडामा उनको धर्म आमा लोरी फोष्टर छिन् । उनी बैज्ञानिक हुन् । उनकै डिजाईन र सल्लाहमा उनी हिड्छन् ।

उनै धर्म आमाको सहयोगमा उनले कोष्टारिकामा ऐलेग्रिया सेन्टर (नेपाली नाम आनन्द विहार) संचालन गरेका छन् । पछिल्लो पटक उपाध्यक्षमा ल्याहारक्याल लामा नियुक्त भएर बर्खास्त हुदासम्म हुदा उनी दुई पटकमात्र नेपाल फर्किए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu