साउन १ देखि सरकारी कर्मचारी कतिको तलब ?
काठमाडौं । सरकारले कर्मचारीको तलब बढाएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गरिएको बताएका छन् ।
कर्मचारीको मासिक पारिश्रमिकमा करिब २१ प्रतिशत वृद्धि भएर न्यूनतम ४० हजारदेखि एक लाख रुपैयाँ सम्म पुगेको छ ।
हेरौ कुन तहका कर्मचारीको तलब कति पुग्यो ?
-मुख्यसचिव : आधारभूत तलव ८४,९९२
महँगी भत्ता र प्रोत्साहन रकम गरि : ९८,४२५
-सचिव : आधारभूत तलव ७९,२९०
महँगी भत्ता र प्रोत्साहन रकम गरि :९२,२१९
-सहसचिव : आधारभूत तलव ६२,४६५
महँगी भत्ता र प्रोत्साहन रकम गरि :७३,७१२
-उपसचिव : आधारभूत तलव ५३,६१०
महँगी भत्ता र प्रोत्साहन रकम गरि :६३,९७१
-शाखा अधिकृत : आधारभूत तलव ४८,०५७
महँगी भत्ता र प्रोत्साहन रकम गरि :५७,८६२
-नासु : आधारभूत तलव ३८,२०३
महँगी भत्ता र प्रोत्साहन रकम गरि :४७,०२४
-खरिदार : आधारभूत तलव ३६,१९१
महँगी भत्ता र प्रोत्साहन रकम गरि :४४,८१०
-कार्यालय सहयोगी : आधारभूत तलव ३०,७७२
महँगी भत्ता र प्रोत्साहन रकम गरि :३८,४०९