संसद बैठक बस्दै, बजेटमाथि छलफल हुने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ ।
प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत आज सोमबार दिउँसो १:०० बजे बस्ने सोह्रौँ बैठकमा बजेटमाथिको छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।
बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।