Connect with us
Kapilvast Forest

गाउँसभा जाय भाड मे, अध्यक्ष नहाए पहाड मे !!

२०८३, ११ असार बिहीबारमा प्रकाशित

न्युजसेन्टर नेपाल — कपिलवस्तुका १० स्थानीय तहमध्ये ८ वटाले स्थानीय सरकार सञ्चालन ऐनअनुसार गाउँसभा तथा नगरसभा सम्पन्न गरी आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिसकेका छन्।

तर शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकाले भने अहिलेसम्म नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन्।

लुम्बिनी प्रदेशका ७३ गाउँपालिकामध्ये कपिलवस्तुको मायादेवी, शुद्धोधन र रुपन्देहीको कोटहीमाई गाउँपालिका बाहेक अन्य सबै गाउँपालिकाले समयमै नीति तथा कार्यक्रम र बजेट पेश गरेका छन्।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी भने गाउँसभा सञ्चालन गर्ने समयमा गाउँपालिकामै उपस्थित नभई गर्मी छल्न अर्घाखाँची पुगेको भन्दै आलोचना भएको छ।

अध्यक्ष चौधरीले अर्घाखाँची पुगेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि स्थानीयस्तरमा विरोध चर्किएको हो।

स्थानीयवासीले जनताले निर्वाचित गरेर पठाएका जनप्रतिनिधिले समयमै नीति, कार्यक्रम र बजेट ल्याएर विकास निर्माणमा ध्यान दिनुपर्ने भए पनि गाउँसभा नै नगरी घुमघाममा लागेको आरोप लगाएका छन्।

गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशका प्रदेश समन्वय अधिकृत रविन गौतमले शुद्धोधन र मायादेवी जस्ता पालिकाले समयमै बजेट ल्याउन नसक्नु दुःखद भएको बताउनुभयो। महासंघले असार १० गतेभित्र बजेट पेश गर्न नसकेका गाउँपालिकाहरूले छिट्टै गाउँसभा सम्पन्न गर्ने तयारी गरिरहेको जनाएको छ।

स्थानीय सरकारको दोस्रो कार्यकालको यो पाँचौँ तथा अन्तिम नीति तथा कार्यक्रम र बजेट सत्र भए पनि केही स्थानीय जनप्रतिनिधिले आफ्नो जिम्मेवारीअनुसार काम नगरेको देखिएको उहाँको भनाइ छ।
स्थानीय अगुवा रमेश ठाकुरले नीति निर्माण गर्ने महत्वपूर्ण समयमा गाउँपालिका अध्यक्ष आफैं कर्मचारी टोलीसहित अर्घाखाँची पुगेर घुमघाममा लाग्नु जनताको अपेक्षाविपरीत भएको बताउनुभयो।

“जनताले विकास, सेवा र समयमा योजना मागेका छन्। तर बजेट बनाउने समयमा नेतृत्व नै गाउँपालिकामा नहुनु गम्भीर विषय हो,” ठाकुरले भन्नुभयो।

गाउँसभा ढिलाइ हुँदा आगामी आर्थिक वर्षका योजना छनोट, बजेट कार्यान्वयन र विकास निर्माणका काम प्रभावित हुने चिन्ता बढेको छ। स्थानीयहरूले जिम्मेवार पदमा रहेका जनप्रतिनिधिले तत्काल गाउँसभा बोलाई नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न माग गरेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu