Connect with us
Kapilvast Forest

बजेटमाथि मेयर–उपमेयरको मनपरी ! व्यक्तिगत स्वार्थमा लिप्त रहेको आरोप

२०८३, १३ असार शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-कपिलवस्तु ,
कपिलवस्तुको शिवराज नगरपालिकामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट विनियोजनलाई लिएर नगर प्रमुख अजय थापा र उपप्रमुख शिव कुमारी चौधरी माथि प्रश्न उठेको छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को मर्मविपरीत आफूखुसी बजेट छुट्याएको आरोप लगाउँदै नगरवासी र सरोकारवालाले आलोचना गरेका छन्।

नगरस्तरीय सांस्कृतिक पर्यटन तथा सामाजिक विकास शीर्षकअन्तर्गत नगर प्रमुखको निर्णयबाट १० लाख र उपप्रमुखको निर्णयबाट १० लाख रुपैयाँ विनियोजन गरिएको भन्दै एउटै प्रकृतिका योजनालाई फरक–फरक शीर्षकमा राखेर व्यक्तिगत प्रभाव देखाउन खोजिएको आरोप लागेको छ।

नगरका अग्रज पत्रकार राजु खराल ले सामाजिक सञ्जालमार्फत बजेट प्रणालीमाथि प्रश्न उठाउँदै लेखेका छन्, “यो कस्तो नजिरको विकास गर्नुभएको? वर्षेनी मेयर, उपमेयरको कोष त आफूखुसी चलिरहेकै छ। अहिले पनि ७०/७० लाख रुपैयाँ छुट्याइयो। सम्पूर्ण बजेट पनि स्वार्थभन्दा बाहिर देखिँदैन।”

खरालले तोक आदेशका आधारमा बजेट चलाउने प्रवृत्तिले गलत परम्परा बस्ने भन्दै “आजको १० लाख भोलि करोड नपुग्ला भन्न सकिँदैन” भन्दै टिप्पणी गरेका छन्।

स्थानीय तहमा योजना छनोट गर्दा आवश्यकता, प्राथमिकता र सार्वजनिक हितलाई आधार बनाउनुपर्नेमा जनप्रतिनिधिको व्यक्तिगत चाहनाअनुसार बजेट विनियोजन भएको भन्दै आलोचना भइरहेको छ। सामाजिक सञ्जालमा पनि नगर नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि बढेको देखिन्छ।

आलोचना भइरहँदा नगर प्रमुख थापा र उपप्रमुख चौधरीले भने यस विषयमा सार्वजनिक रूपमा आफ्नो धारणा दिएका छैनन्।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu