साइबर सुरक्षा तथा डिजिटल मार्केटिङ तालिम
काठमाडौं-
खुड्किलो सञ्चार प्रा. लि. को सहयोगमा KME Academy द्वारा आयोजित साइबर सुरक्षा (Cyber Security) तथा डिजिटल मार्केटिङ (Digital Marketing) सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
तालिममा विभिन्न क्षेत्रका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रशिक्षणका क्रममा साइबर सुरक्षासम्बन्धी आधारभूत अवधारणा, अनलाइन सुरक्षा, डिजिटल जोखिमबाट बच्ने उपाय, सामाजिक सञ्जालको सुरक्षित प्रयोग तथा डिजिटल मार्केटिङका आधुनिक रणनीतिबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमभर सहभागीहरूले जिज्ञासा राख्दै सक्रिय रूपमा छलफलमा भाग लिएका थिए। वास्तविक जीवनमा आधारित उदाहरण तथा व्यावहारिक अभ्यासमार्फत सहभागीहरूको डिजिटल सीप र साइबर सचेतना अभिवृद्धि भएको KME Academy ले जनाएको छ।
Academy का अनुसार, सूचना प्रविधिको तीव्र विकाससँगै साइबर सुरक्षा सचेतना र डिजिटल मार्केटिङ सीपको आवश्यकता बढ्दै गएको छ। यस्ता तालिमले सहभागीहरूलाई प्रविधिको सुरक्षित, जिम्मेवार र प्रभावकारी प्रयोग गर्न तथा भविष्यका अवसरहरूका लागि आवश्यक सीप विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
तालिम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यवस्थापन टोली, प्रशिक्षक तथा कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैप्रति Academy ले आभार व्यक्त गरेको छ।
KME Academy ले आगामी दिनमा पनि युवा तथा विद्यार्थीलाई लक्षित गर्दै प्रविधि, डिजिटल सीप र साइबर सुरक्षासम्बन्धी यस्ता व्यावहारिक तथा सीपमूलक तालिमलाई निरन्तरता दिने जनाएको छ।