Connect with us
Kapilvast Forest

चितवनको जीएसटी कलेजको ‘लन्चप्याड–२०८३’ कार्यक्रम, साउन १७ गतेदेखि इन्ट्रान्स

२०८३, ५ श्रावण मंगलवारमा प्रकाशित

चितवन । चितवनको रत्ननगर–१, निपानीस्थित जीएसटी कलेजले कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘लन्चप्याड–२०८३’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रममानेपाली युवाहरूको प्रतिभा, सिर्जनशीलता र उद्यमशील सोचलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ । कलेजले सार्वजनिक ‘लन्चप्याड–२०८३’ केवल एउटा कार्यक्रम मात्र नभई विद्यार्थीहरूको क्षमता, सपना र करियरलाई अभियान रहेको कलेजले जनाएको छ ।

कार्यक्रममार्फत विद्यार्थीहरूले अध्ययनका साथै नेतृत्व विकास, व्यक्तित्व निर्माण, सञ्चार सीप, करियर मार्गदर्शन र उद्योगसँगको प्रत्यक्ष सम्बन्ध तथा व्यावसायिक अवसरहरूको अनुभव प्राप्त गर्न सक्नेछन् ।


कलेजले आगामी साउन १७ गते कलेजमा बीबीए इन्ट्रान्स परिक्षासञ्चालन गर्ने घोषणा गरेको छ । प्रवेश परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न इच्छुक विद्यार्थीहरूका लागि इन्ट्रान्स तयारी कक्षा समेत सुरु भएको कलेजले जनाएको छ ।

जीएसटी कलेजले आफ्नो स्थापना कालदेखि नै गुणस्तरीय, व्यावहारिक तथा रोजगारमुखी शिक्षाका माध्यमबाट सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ । कलेजले बिबिएलगायतका कार्यक्रमहरूमा व्यावहारिक सिकाइ, उद्योगसँगको सहकार्य, इन्टर्नसिप र उद्यमशीलतालाई विशेष प्राथमिकता दिँदै आएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu