Connect with us
Kapilvast Forest

कपिलवस्तु प्रहरी देशकै उत्कृष्ट

२०८३, ७ श्रावण बिहीबारमा प्रकाशित

सनिउल्ला धोबी-
कपिलवस्तु नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनअन्तर्गत आर्थिक वर्षको असार महिनाको मूल्याङ्कनमा ९१ अङ्क प्राप्त गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तु देशभरका जिल्ला प्रहरी कार्यालयमध्ये प्रथम स्थानमा परेको छ ।

देशैभरीका ख श्रेणीका २२ वटा जिल्लाहरु मध्ये कपिलवस्तु प्रथम भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) मनोहर प्रसाद भट्टका अनुसार प्रभावकारी नेतृत्व, स्पष्ट कार्ययोजना, व्यावसायिक अनुशासन, प्रविधिमैत्री सेवा, प्रभावकारी अपराध नियन्त्रण तथा नागरिकमुखी प्रहरी सेवाका कारण कपिलवस्तुले उत्कृष्ट नतिजा हासिल गरेको हो ।

त्यस्तै, प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्र कुमार सिंहले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, लागूऔषध कारोबार नियन्त्रण, राजस्व चुहावट रोकथाम, अवैध भन्सार छली नियन्त्रण तथा फरार अपराधी पक्राउमा उल्लेखनीय उपलब्धि हासिल भएकाले मूल्याङ्कनमा उत्कृष्ट परिणाम आएको बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा शान्ति–सुरक्षा सुदृढ बनाउन प्रहरीले निरन्तर सक्रियता देखाउँदै आएको छ ।

स्थानीय समुदाय र विद्यालय तहमा लागूऔषध दुव्र्यसन, साइबर अपराध, ट्राफिक सचेतना तथा सामाजिक विकृतिविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।

कपिलवस्तु प्रहरीले प्राप्त गरेको यो सफलता जिल्लाको सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण र नागरिकप्रति उत्तरदायी सेवा प्रवाहको प्रतिफलका रूपमा लिइएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu