Connect with us
Kapilvast Forest

माटोको पर्खालले च्यापिँदा कपिलवस्तुमा एक युवाको मृत्यु

२०८३, १२ श्रावण मंगलवारमा प्रकाशित

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ मा माटोको पर्खाल भत्काउने क्रममा च्यापिँदा एक युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा विजयनगर गाउँपालिका–४ ज्योतिनगर निवासी २४ वर्षीय सुरेश रोक्का रहेका छन्।
इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार विजयनगर गाउँपालिका–४ त्रिपालनगरस्थित सन्तोष गुरुङको घरको माटोको पर्खाल भत्काउने क्रममा अचानक पर्खाल भत्किएर रोक्का च्यापिएका थिए। घटनामा उनी गम्भीर घाइते भएपछि उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu