नेपाल एसबिआई बैंक प्रतिष्ठित चार अवार्डबाट सम्मानित
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड, इन्डियन च्याम्बर अफ कमर्सद्वारा बैंक तथा वित्तीय संस्थाहरूलाई प्रदान गरिने चार प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएकोे छ ।
बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’, बेस्ट पर्फमेन्स अन एसेट क्वालिटी’, बेस्ट पर्फमेन्स अन प्रोफिटेबिलिटी’ र बेस्ट कर्मसियल बैंक’ विधामा उक्त सम्मान प्राप्त गरेको हो ।
इन्डियन चेम्बर अफ कमर्सद्वारा भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२६ कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द तथा वित्त तथा योजना विभाग प्रमुख नेत्र खतिवडाले उक्त पुरस्कार ग्रहण गरेका थिए ।
अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कारहरूले बैंकको व्यावसायिक बैंकिङमा उत्कृष्टता, सम्पत्तिको गुणस्तरता तथा नाफामुखी कार्यसम्पादनमा देखिएको नतिजा र साना तथा मझौला उद्यमको प्रवर्द्धनमा बैंकको दृढ संकल्पको प्रतिबद्धतालाई जोड दिने बताइएको छ ।