Connect with us
Kapilvast Forest

पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढ्यो

२०८३, १८ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।

निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो ।

निगमले पेट्रोल प्रतिलिटर ३ रूपैयाँ, डिजेल र मट्टितेल ५ रूपैयाँ वृद्धि गरेको छ।

यस्तै, हवाई इन्धन आन्तरिकतर्फ रु २० र अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले वृद्धि भएको छ।

इण्डियन आयल कर्पोरेसनले ३१ जुलाइ, २०२६ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २० रुपैयाँ १९ पैसा, डिजेलमा ३९ रुपैयाँ ६७ पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ६ पैसा बढेर आएको छ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा प्रतिलिटर २०० रुपैयाँ पुगेको छ।

सुर्खेत र दाङमा १९९ रूपैयाँ कायम भएको छ।

त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगन्ज, भलवारी, धनगढी र वीरगन्जमा १९७ रुपैयाँ ५० पैसा पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

यसअघि पेट्रोल प्रतिलिटर १९७ र डिजेलरमट्टितेल प्रतिलिटर १९५ रहेको थियो।

पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रूपमा एक अर्ब ४९ करोड बराबरको घाटा हुने आज जारी विज्ञप्तिमा उल्लेख छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu