साजनको तिज गीत ‘शिवजीलाई बर मागेको छु’ सार्वजनिक,
काठमाडौं । तिज पर्वलाई लक्षित गर्दै निर्देशक साजन पराजुलीको निर्देशनमा तयार गरिएको नयाँ तिज गीत ‘शिवजीलाई बर मागेको छु’ सार्वजनिक गरिएको छ ।
गीतमा खुमन अधिकारी र कविता राउतको सुमधुर स्वर रहेको छ । गीतको शब्द तथा संगीत निर्देशक साजन पराजुली स्वयंले तयार गरेका हुन् भने संगीत संयोजन नारायण दंगालले गरेका छन् ।
मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको अडियो रेकर्डिङ खुमान राणा र सुमन राणाले गरेका हुन् । गीतको मिश्रण कुमार राणाले गरेका छन् भने अडियो–भिडियो निर्माण कविता राउत अधिकारीले गरेकी छन् ।
गीतको भिडियोमा दिपेन्द्र सोनम, पुकार थापा र आशिका कार्कीको अभिनय रहेको छ । भिडियोको कोरियोग्राफी खगेन्द्र गिरी, छायांकन हरिश महरा, सम्पादन तथा रङ संयोजन राजेश कुमारले गरेका छन्। पोस्ट–प्रोडक्सनको काम जनता डिजिटलले सम्पन्न गरेको हो ।
तिजको सांस्कृतिक भावना, शिव–पार्वतीप्रतिको आस्था तथा नेपाली मौलिक परम्परालाई समेटेर तयार गरिएको यस गीतले दर्शक तथा श्रोतामाझ राम्रो स्थान बनाउने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ ।