प्रदेश प्रहरीले चामल नियन्त्रणमा लिएपछी ब्यापारीद्वारा पेट्रोल छर्केर आगो लगाउने प्रयास
न्युज सेन्टर नेपाल-
कपिलवस्तुको कृष्णनगरमा बिलबिजक भएको पसलबाट प्रहरीले ६४ बोरा चामल नियन्त्रणमा लिएपछि प्रहरी र व्यवसायीबीच विवाद भएको छ ।
लुम्बिनी प्रदेश प्रहरीले चामल नियन्त्रणमा लिएर कृष्णनगर भन्सार कार्यालय पुर्याएको थियो । बिलबिजक भएको चामल नियन्त्रणमा लिइएको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाएका थिए ।
भन्सार कार्यालयमा चामल छुटाउन १० लाख रुपैयाँ धरौटी तिर्नुपर्ने जानकारी पाएपछि चामल व्यवसायी महेश अग्रहरीले पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका हुन् ।
घटनापछि अग्रहरीलाई उपचारका लागि बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ ।