Connect with us
Kapilvast Forest

रोट्रयाक्ट क्लब अफ कपिलवस्तुद्वारा लागूऔषध तथा ट्राफिक सचेतना

२०८३, २६ श्रावण मंगलवारमा प्रकाशित

कपिलवस्तु– रोट्रयाक्ट क्लब अफ कपिलवस्तुको आयोजनामा चन्द्रौटामा लागूऔषध तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय माध्यमिक विद्यालय चन्द्रौटामा आज विहान आयोजित कार्यक्रममा विद्यार्थी तथा युवावर्गलाई लागूऔषध दुर्व्यसनबाट जोगिन र ट्राफिक नियमको पालना गरी सुरक्षित यात्रा गर्न सचेत गराइएको थियो ।
कार्यक्रममा वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरे र अस्थायी ट्राफिक प्रहरी पोष्ट चन्द्रौटाका प्रमुख प्रविन खड्काले प्रशिक्षण दिनु भएको थियो ।

प्रहरी अधिकारीले लागूऔषध दुर्व्यसनका कारण हुने सामाजिक तथा व्यक्तिगत असर, लागूऔषधबाट बच्ने उपाय तथा सडक सुरक्षा र ट्राफिक नियमका विषयमा विद्यार्थीहरूलाई जानकारी गराएका थिए।

विद्यार्थी तथा युवाहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रमले लागूऔषधविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राका लागि ट्राफिक नियमको महत्वबारे जानकारी दिने उद्देश्य राखेको आयोजकले जनाएको छ ।

कार्यक्रम पास्ट प्रेसिडेन्ट रो. शिशिर पोख्रेलको संयोजकत्वमा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन रो. केशव बेल्वासे र रो. केशव गैरेले गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय मा.वि. चन्द्रौटाका शिक्षक तथा विद्यार्थी, प्रहरी प्रतिनिधि, रोट्रयाक्ट क्लबका पदाधिकारी तथा सदस्यलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने वडा प्रहरी कार्यालय चन्द्रौटा, अस्थायी ट्राफिक प्रहरी पोष्ट चन्द्रौटा, राष्ट्रिय मा.वि. चन्द्रौटा परिवार, अतिथिहरू, रोट्रयाक्ट सदस्य तथा सहभागी विद्यार्थीहरूलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu