Connect with us
Kapilvast Forest

लागूऔषधसहित कपिलवस्तुमा तीन जना पक्राउ

२०८३, ३ भाद्र बुधबारमा प्रकाशित

कपिलवस्तु-

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार यशोधरा गाउँपालिका–७ मर्यादपुरस्थित प्रहरी चौकी मर्यादपुरबाट खटिएको टोलीले कपिलवस्तु नगरपालिका–३ का २४ वर्षीय जितेन्द्र ज्ञवालीलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

उनको साथबाट NITZASCEN-10 नामक लागूऔषधका १० ट्याब्लेट, नगद २ हजार ४ सय ९० रुपैयाँ तथा एउटा मोबाइल र पावर बैंक बरामद गरिएको प्रहरी नायब निरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो ।

त्यस्तै, वाणगंगा नगरपालिका–६ गणेशपुरबाट वाणगंगा नगरपालिका–६ कै २५ वर्षीय विजयबहादुर खत्रीलाई पक्राउ गरिएको छ ।

उनको साथबाट ब्राउन सुगरजस्तो देखिने २ ग्राम ४९० मिलिग्राम पदार्थ, नगद ४५ हजार ६ सय रुपैयाँ र मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी शिवराज नगरपालिका–३ खरेन्द्रपुर बस्ने २४ वर्षीय अमन विश्वकर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले शिवराज नगरपालिका–५ चन्द्रौटाबाट उनलाई ३४ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ र मोबाइल सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu