Connect with us

गाउँपालिका परिसरमै छाडा चौपाया लगेर किसानको विरोध प्रदर्शन

२०८३, ३ भाद्र बुधबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-

कपिलवस्तुको यशोधरा गाउँपालिकाका किसानहरूले छाडा चौपायाको समस्या समाधान गर्न माग गर्दै गाउँपालिका परिसरमै छाडा चौपाया लगेर विरोध प्रदर्शन गरेका छन् ।

छाडा चौपायाका कारण आफूहरूले लगाएको बालीनालीमा क्षति हुँदै आएको र पटक–पटक ध्यानाकर्षण गराउँदा पनि गाउँपालिकाले प्रभावकारी व्यवस्थापन गर्न नसकेको भन्दै किसानहरू आक्रोशित भएका हुन् । उनीहरूले गाउँपालिका परिसरमै चौपाया प्रवेश गराएर स्थानीय सरकारप्रति विरोध जनाएका छन् ।

किसानहरूले छाडा चौपाया व्यवस्थापन स्थानीय सरकारको जिम्मेवारी भएकाले बालीनाली जोगाउने तथा चौपायाको उचित व्यवस्थापनका लागि तत्काल ठोस कदम चाल्नुपर्ने बताएका छन् ।

किसानहरूको भनाइमा, “किसानको समस्या गम्भीर छ । छाडा चौपाया व्यवस्थापन स्थानीय सरकारको जिम्मेवारी हो । किसानको बालीनाली जोगाउने र चौपायाको उचित व्यवस्थापन गर्ने विषयमा सम्बन्धित निकायले तत्काल ठोस कदम चाल्नुपर्छ ।”

बारम्बार ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएपछि आफूहरू विरोधमा उत्रिन बाध्य भएको किसानहरूले बताएका छन् । उनीहरूले अब आश्वासनमा मात्रै सीमित नरही छाडा चौपाया व्यवस्थापनका लागि स्थायी र प्रभावकारी समाधान खोज्न गाउँपालिकासँग माग गरेका छन् ।

किसानहरूले छाडा चौपायाको उचित व्यवस्थापन नहुँदा कृषि उत्पादनमा प्रत्यक्ष असर परेको भन्दै स्थानीय सरकारलाई तत्काल आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu