Connect with us
Kapilvast Forest

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरन्जिवी

२०८३, ८ भाद्र सोमबारमा प्रकाशित

बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरन्जिवी ओली विजयी भएका छन् ।

शनिबार सम्पन्न मतगणनाको अन्तिम मरिणामका अनुसार ओली १ हजार ३ सय ८६ मतसहित विजयी भएका हुन् । अध्यक्ष पदका प्रतिद्वन्द्वी ध्रुवप्रसाद दाहालले ३ सय ७४ मत प्राप्त गरेका छन् ।

महिला उपाध्यक्षमा रुपा ओझा (सानु) , महासचिवमा विष्णु श्रेष्ठ विजयी भए । त्यसैगरी उपमहासचिव पदमा प्रदीप आचार्य, कोषाध्यक्ष पदमा टिकामणि उपाध्याय विजयी भए ।

१० जना कार्यसमिति सदस्य पदकालागि भएको निर्वाचनमा सन्तोष कुमार पौडेल, तोपबहादुर थापा, नन्दराम जैसी, शरदराज अधिकारी, नगेन्द्र शाही, आदित्य गुप्ता, जाहाँगिर मुसलमान, शरदप्रसाद रिजाल , सुरजबहादुर भण्डारी र अतुलकुमार गुप्ता विजयी भएका छन् ।

निर्वाचनमा यसअघि नै उपाध्यक्षद्वय उद्योगतर्फ कमलकुमार कार्की र वाणिज्यतर्फ विष्णुप्रसाद श्रेष्ठ, एसोसियट सदस्य राजीव तलंगा र अब्दुल वाहिद अन्सारी, सम्बद्ध सदस्य फणाधर भण्डारी र सुरेशजंग बञ्जारा निर्वाचित भइसकेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu