‘दीपल नेभो क्यू०५’ नेपाली बजारमा
काठमाडौं । चिनियाँ अटोमोबाइल ब्राण्ड चांगानको प्रिमियम सबब्राण्ड नेभोको विद्युतीय एसयूभी ‘दीपल नेभो क्यू०५’ नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले क्यू०५ लाई दुई भेरियन्टमा बजारमा ल्याएको हो।
कम्पनीले क्यू०५ को म्याक्स भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र अल्ट्रा भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेको जनाएको छ । यो मूल्य नाडा अटो शो अवधिका लागि मात्र लागु हुने जानकारी दिएको छ । शो भदौ ९ देखि काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ ।
शो सकिएपछि भने भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ र अल्ट्रा भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ।