Connect with us
Kapilvast Forest

अजिजको कविता: विपत पछीको जीवन ।।

२०८३, १३ भाद्र शनिबारमा प्रकाशित

विपत् पछिको जीवन
विपत्ति आएर गयो,
जनधन सक्काएर गयो ।
अब शेष रहेका जीवन
जारी राख्नुपर्छ ।
कैयौँ घरबार उडाएर गयो,
कलिला फूलहरु चुडाएर गयो ।
हामी त्यहीबाट फेरि उठ्नेछौँ एकपटक,
साथ–सहयोग सर्वोपरि राख्नुपर्छ ।

भूकम्पको घाउमा बाढीले झैन बढाएर गयो,
सुधार हुदैँ थियो, प्रकृतिले बगाएर गयो ।
सास रहुनजेलसम्म साहस रहनेछ,
सधैँझैँ इमान्दारी राख्नुपर्छ ।
सित्तैमा कसैको नुन नखाने लोभ खाएर गयो,
लासमाथि सुन लुट्न मानवता हराएर गयो ।
बुद्धको देशमा आत्मा शुद्ध हुनुपर्ने होइन?
कम्तिमा दया करुणा र मानवता बचाइ राख्नुपर्छ ।

हाम्रा कमी–कम्जोरी पनि बताएर गयो,
सुतेकालाई निद्राबाट व्युझाएर गयो ।
फेरि पनि आउन सक्छ, यो निर्दयी छ,
आफ्नो स्रोत–साधन तयारी राख्नुपर्छ ।

– अजिज खान
श्री सरस्वती मा.वि. बङ्ग्लाचुली–७, दाङ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu