Connect with us
Kapilvast Forest

मेयर पदका आकांक्षी शाहसँग ७ प्रश्न

२०८३, २९ भाद्र सोमबारमा प्रकाशित

शिवराजलाई समृद्ध र नमुना नगरपालिका बनाउने मेरो लक्ष्य हो’ : रहिस शाह ।।
मेयरमा निर्वाचित भए शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पूर्वाधारलाई प्राथमिकता दिने शाहको प्रतिबद्धता
कपिलवस्तु । शिवराज नगरपालिकाको मेयर पदका उम्मेदवार रहिस शाहले नगरपालिकाको समग्र विकासका लागि योजनाबद्ध र पारदर्शी नेतृत्व आवश्यक रहेको न्युज सेन्टर नेपाललाई बताउनुभएको छ ।

उहाँले मेयरमा निर्वाचित भए शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

शिवराज नगरपालिकाको आफ्नै प्रमुख प्रशासकीय भवन नहुनु दुखद विषय भएको भन्दै आफू नेतृत्वमा गए सबै राजनीतिक दलको सहमति अनुसार सबैभन्दा पहिलै भवन निर्माणका लागि पहल गर्ने बताउनु भयो ।

शिवराज नगरपालिकाको वर्तमान अवस्था, विकासका चुनौती, सुशासन तथा आगामी योजनाका विषयमा गरिएको कुराकानीमा शाहले नगरको विकास टुक्रे योजनाबाट नभई दीर्घकालीन गुरुयोजनाका आधारमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले जनताको आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा योजना छनोट र कार्यान्वयन गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।

प्रश्न १: शिवराज नगरपालिकाको सबैभन्दा ठूलो समस्या के हो ? मेयर निर्वाचित भएपछि पहिलो प्राथमिकता के हुनेछ ?

रहिस शाह : मेरो विचारमा शिवराजको मुख्य समस्या योजनाबद्ध विकास र प्रभावकारी कार्यान्वयनको अभाव हो । मेयर निर्वाचित भएँ भने पहिलो चरणमा नगरपालिकाको वास्तविक आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा काम गर्नेछु । शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि र रोजगारीलाई विशेष प्राथमिकतामा राख्नेछु ।

प्रश्न २ : नगरपालिकाको बजेट र खर्चमा पारदर्शिता कसरी कायम गर्नुहुन्छ ?
रहिस शाह : जनताको करबाट आएको पैसा जनताकै हितमा खर्च हुनुपर्छ । बजेट निर्माणदेखि योजना छनोट र कार्यान्वयनसम्म पारदर्शिता कायम गर्नेछु । ठेक्का तथा योजनामा हुने अनियमितता नियन्त्रण गर्दै महत्वपूर्ण खर्च तथा योजनाको विवरण नगरवासीसमक्ष सार्वजनिक गर्ने व्यवस्था मिलाउनेछु ।

गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवा नागरिकको अधिकार हो । सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार, दक्ष शिक्षकको व्यवस्थापन तथा आवश्यक भौतिक पूर्वाधार विकासमा जोड दिनेछु । स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधि र उपकरणको उपलब्धता सुनिश्चित गर्दै सामान्य उपचारका लागि नगरवासीले बाहिर जानुपर्ने अवस्था कम गर्ने प्रयास गर्नेछु ।

प्रश्न ३: शिक्षा सुधारका लागि तपाईंको योजना के छ ?
रहिस शाह :  निशुल्क शिक्षा सगसगै गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवा नागरिकको अधिकार हो । सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार, दक्ष शिक्षकको व्यवस्थापन तथा आवश्यक भौतिक पूर्वाधार विकासमा जोड दिनेछु । स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधि र उपकरणको उपलब्धता सुनिश्चित गर्दै सामान्य उपचारका लागि नगरवासीले बाहिर जानुपर्ने अवस्था कम गर्ने प्रयास गर्नेछु ।

प्रश्न ४: युवालाई रोजगारी र स्वरोजगारसँग कसरी जोड्नुहुन्छ ?

रहिस शाह : युवालाई रोजगारी खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने बनाउनु आवश्यक छ । सीपमूलक तालिम, उद्यमशीलता कार्यक्रम, सहुलियतपूर्ण ऋण तथा स्थानीय उद्योग–व्यवसायको प्रवर्द्धनमार्फत युवालाई स्वरोजगारसँग जोड्ने योजना हुनेछ । युवाको क्षमता र ऊर्जालाई नगर विकासमा समेत उपयोग गर्नेछु ।

प्रश्न ५ : शिवराज कृषि क्षेत्रका लागि तपाईंको योजना के छ ?रहिस शाह : शिवराजको अर्थतन्त्रमा कृषिको महत्वपूर्ण भूमिका छ । किसानलाई समयमा मल, बीउ र सिँचाइको व्यवस्था गर्नुका साथै कृषि उत्पादनको बजारीकरण र आधुनिक प्रविधिमा पहुँच पुर्‍याउन विशेष कार्यक्रम सञ्चालन गर्नेछु । किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने वातावरण निर्माण गर्नु मेरो प्राथमिकतामा हुनेछ ।प्रश्न ६: सडक, खानेपानी, ढल तथा फोहोर व्यवस्थापनजस्ता आधारभूत समस्या कसरी समाधान गर्नुहुन्छ ?रहिस शाह : विकासका नाममा टुक्रे योजना बनाएर मात्र समस्या समाधान हुँदैन । दीर्घकालीन गुरुयोजना बनाएर आवश्यकता र प्राथमिकताका आधारमा पूर्वाधार विकास गर्नुपर्छ । सडकको गुणस्तर, खानेपानीको पहुँच, ढल व्यवस्थापन र नियमित फोहोर संकलनलाई व्यवस्थित गर्दै सफा, सुन्दर र व्यवस्थित शिवराज निर्माण गर्ने मेरो लक्ष्य हुनेछ ।

प्रश्न ७: अन्य उम्मेदवारभन्दा तपाईंलाई नै मेयर किन चुन्ने ?
रहिस शाह : म जनताको समस्या नजिकबाट बुझेर काम गर्ने नेतृत्वको आवश्यकता देख्छु । मेरो प्राथमिकता व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नगरवासीको हितमा काम गर्नु हुनेछ । अवसर पाएँ भने सुशासन, पारदर्शिता, योजनाबद्ध विकास र जनताको प्रत्यक्ष सहभागितालाई आधार बनाएर शिवराजलाई समृद्ध र नमुना नगरपालिका बनाउने प्रयास गर्नेछु ।
शाहले जनताको विश्वास र सहयोग प्राप्त भए नगरपालिकामा सुशासन र विकासको नयाँ आधार तयार गर्ने दाबी गर्नुभएको छ । उहाँले नेतृत्वको मुख्य उद्देश्य पद प्राप्त गर्नु नभई नगरवासीको समस्या समाधान गर्दै शिवराजको दीर्घकालीन विकासमा योगदान गर्नु रहेको बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu