Connect with us
Kapilvast Forest

उलमा फाउन्डेसनद्वारा कपिलवस्तुका प्रजिअलाई ज्ञापनपत्र

२०८३, ३० भाद्र मंगलवारमा प्रकाशित

कपिलवस्तु-

सामाजिक सञ्जालमार्फत इस्लाम धर्म र मुस्लिम समुदायविरुद्ध आपत्तिजनक एवं घृणास्पद सामग्री प्रसारण गर्ने व्यक्तिमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न माग गर्दै उलमा फाउन्डेसन नेपाल कपिलवस्तु शाखाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।

फाउन्डेसनका जिल्ला अध्यक्ष सद्दाम हुसैन मन्सुरीको नेतृत्वमा गएको टोलीले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई भेटेर दोषीमाथि कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा सामाजिक सञ्जाल विशेष गरी फेसबुकमा “प्रेम योगी” नामको अकाउन्टबाट एक व्यक्तिले इस्लाम धर्म, मुस्लिम समुदाय र धार्मिक भावना विरुद्ध आपत्तिजनक एवं घृणा फैलाउने प्रकृतिका विभिन्न लेख तथा सामग्रीहरू पोस्ट गरिरहेको उल्लेख गरिएको छ।

फाउन्डेसनका अध्यक्ष मन्सुरीले यस्ता गतिविधिले कुनै एक समुदायको धार्मिक भावनामा चोट पुर्‍याउने मात्र नभई समाजमा धार्मिक द्वन्द्व, आपसी अविश्वास, तनाव र सामाजिक सद्भावमा गम्भीर असर पर्ने बताएका छन्।

यस विषयलाई सामान्य रूपमा नलिन र गम्भीरतापूर्वक छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारी समक्ष जोडदार माग गरिएको छ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले यस विषयलाई गम्भीरतापूर्वक लिँदै आवश्यक छानबिन र कानुनी प्रक्रिया अगाडि बढाउने आश्वासन दिनुभएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu