चोरखोलामा बस र ट्रक ठोक्किए, बस चालकको मृत्यु
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान भएको दुर्घटनामा बस चालकको मृत्यु भएको हो।
दुर्घटनामा ना ६ प ३३३३ नम्बरको ट्रक र लु प्र ०३–००१ ख ००९९ नम्बरको बस ठोक्किएका थिए । दुर्घटनामा बस चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि चन्द्रौटा लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
