Connect with us
Kapilvast Forest

देशका विभिन्न राजमार्ग प्रभावित,कहाँ–कहाँ अवरुद्ध ? (सूचीसहित)

२०८३, २४ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं । रसुवामा बाढीका कारण मुख्य सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। धादिङको धुनिबेँसी नगरपालिका–९, खत्रीपौवामा पहिरो खस्दा त्रिभुवन राजपथ एकतर्फी सञ्चालनमा छ भने गजुरी गाउँपालिका–५, गलौंदीमा पहिरोका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। काभ्रेमा बाढीले बीपी राजमार्ग पनि अवरुद्ध बनाएको छ।

गण्डकी प्रदेशमा म्याग्दीको रघुगंगा गाउँपालिका–२, बैसरीमा पहिरो जाँदा बेनी–जोमसोम सडक एकतर्फी सञ्चालनमा छ। नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–३, जन्तीमा पहिरो खसेपछि कालीगण्डकी करिडोरमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ। उक्त सडकमा ठूला सवारीसाधन आवतजावत गर्न कठिनाइ भएको छ।

यस्तै, बेँसीसहर हुँदै खाङ्सार जाने सडक बाढीका कारण एकतर्फी सञ्चालनमा रहेको छ। कालीगण्डकी करिडोरको अर्को खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने भेरी करिडोरमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११, बालुवासंग्रहीमा पहिरो खस्दा बालुवासंग्रही सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ। सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधनको आवागमन प्रभावित भएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu