Connect with us
Kapilvast Forest

मन्दिरको घण्टी चोरीको आरोपमा २ जना पक्राउ

२०८३, २८ आश्विन बुधबारमा प्रकाशित

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–२, नौडिहवास्थित दुर्गा मन्दिरबाट घण्टी चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले चोरीमा संलग्न रहेको आरोप लागेका एक युवक र चोरीका घण्टी खरिद गर्ने पसल सञ्चालकलाई ३५ थान घण्टीसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार २०८३ असोज २६ गते दुर्गा मन्दिरबाट घण्टी चोरी भएको घटनाबारे अनुसन्धान गर्ने क्रममा शुद्धोधन गाउँपालिका–१, बकुली निवासी १८ वर्षीय ईबरार अहमद मुसलमानलाई नियन्त्रणमा लिइएको थियो ।

उनीसँग सोधपुछ तथा अनुसन्धान गर्दा चोरी गरिएका घण्टीहरू शुद्धोधन गाउँपालिका–३, लबनी चोकस्थित ४१ वर्षीय दिनेश कुमार कान्दुले सञ्चालन गर्दै आएको ‘ऋषि भाँडा पसल’मा बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ ।

त्यसपछि प्रहरीले उक्त पसलबाट चोरी गरिएका ३५ थान घण्टी बरामद गरेको हो ।

प्रहरीले चोरीमा संलग्न रहेको आरोप लागेका ईबरार अहमद मुसलमान र चोरीका सामान खरिद गरेको आरोप लागेका पसल सञ्चालक दिनेश कुमार कान्दुलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu