Connect with us
Kapilvast Forest

धनगढीबाट काठमाडौं जाँदै गरेको बस कावासोतीमा दुर्घटना, २५ जना घाइते

२०८३, १ मंसिर सोमबारमा प्रकाशित

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान बस दुर्घटना भएको हो ।

प्रहरीका सोमबार बिहान करिब ६ः४० बजे धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको यात्रुवाहक बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको थियो ।

दुर्घटनामा परी बसमा सवार २५ जना यात्रु घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ । घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।