Connect with us
Kapilvast Forest

एमाले हार्नका लागि जन्मिएकै होइन, फेरि जित्छौँ : अध्यक्ष ओली

२०८३, ५ मंसिर शुक्रबारमा प्रकाशित

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले हार्नको लागि जन्मिएको पार्टी नभएको भन्दै छिट्टै फेरी सरकारको नेतृत्व गर्ने दाबी गरेका छन्।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नेकपा (एमाले)को राष्ट्रिय जनप्रतिनिधि भेलाललाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो दाबी गरे।

उनले मुलुकको विकास गर्नुका साथै राष्ट्रियताको रक्षा गर्ने जिम्मेवारी समेत एमालेकै भएको भन्दै सो जिम्मेवारी पूरा गरेरै छोड्ने जिकिर गरे। उनले आगामी निर्वाचनमा स्थानीय तह मुख्य प्रतिस्पर्धाको थलो भएको भन्दै जनप्रतिनिधिहरूलाई आफ्नो काममा देखिएका कमजोरी सच्याउन निर्देशन दिए।

उनले विगतमा भएका कमजोरी भए सच्याउन र जनतामाझ विश्वास कायम गर्नेगरी काम गर्न समेत निर्देशन दिए। उनले जनप्रतिनिधिहरूले राम्रो काम गरेको अवस्थामा पुनः सोही पदमा निर्वाचित हुने सम्भावना रहने भन्दै जनताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए।

उनले संविधान तथा संघ र प्रदेशका कानूनसँग नबाझिने गरी स्थानीय तहले आफ्नै कानून र ऐन निर्माण गरेर काम गर्नसक्ने भन्दै आवश्यकताअनुसार ऐन निर्माण गर्न समेत आग्रह गरे।