Connect with us
Kapilvast Forest

कृष्णनगरमा सद्भाव कायम गर्न सर्व पक्षिय बैठक

२०७६, ९ आश्विन बिहीबारमा प्रकाशित

  • दिपक के.सी.कपिलवस्तु असोज ९

कपिलवस्तुको कृष्णनगर नगर नजिकिदै गरेको नेपालीहरुको महान पर्वहरु विजया दशमी, दिपावली र छठ पर्वलाई मध्य नजर गर्दै सर्वपक्षिय छलफल भएको छ । चाड पर्वलाई सौहाद्रपूर्ण वातावरण बनाउन छलफल भएको हो ।
चाडपर्वलाई मध्य नजर गर्दै शान्ति सुरक्षामा कडाइ गरिने सुरक्षा निकायले जनाएको छ । कपिलवस्तुको कृष्णनगर क्षेत्रमा नजिकै रहेको दशै, तिहारलाई लक्षित गरि सुरक्षा व्यावस्था कडा परिएको हो । चाडपर्वमा शान्ति शुरक्षा कायम गर्न प्रत्येक बर्ष प्रयास भइ रहे पनि विवाद हुदै आएको स्थानिय बुद्धिजिवीहरुले बताएका छन ।

यस बर्ष सुरक्षालाई कडा गर्दै सौहाद्रपूर्ण तवरले विवाद रहित चाडपर्व मनाउन सुरक्षालाई कडा पारिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुुर श्रेष्ठले बताए । शान्ति कायम राख्न स्थानिय राजनैतिक दल , बुद्धिजीवी नागरिकहरुको अह्म भूमिका रहने हुने हुदाँ सबैले आ आफ्नो ठाउँ सहयोग पुराउन उनले आग्रह गरे ।

जिल्ला प्रशासन कार्यालयले राखेको कृष्णनगरमा शान्ति शुरक्षा कायम गर्न आयाजित बैठमा नेपाली काग्रेसका प्रतिनिधि सभा संसद अभिशेष प्रताप शाहले दिउसो नै मुर्ति बिर्सजन गरे विवाद नहुने बताए । दिउँसो विर्सजनको कार्यक्रम गर्ने हो भने विवाद आउदैन शाहले भने । अन्य समुदायले पनि चाडपर्वको अवसरमा भाइचार कायम गर्दै धार्मिक सहिष्णुता राख्नु पर्नेमा उनले जोड दिए । . त्यसतै जाड रक्सी खाएर मुर्ति बिर्सजनमा सहभागि हुनेलाई पक्राउ गरि कार्यवाही गरिएमा विवाद नहुने नेपाली काग्रेसका प्रदेश सभा संसद बिरेन्द्र कुमार कानोडियाले सुझाव दिएका छन ।

नेकापका कृष्णनगर नगर अध्यक्ष जाबेद खानले विगतको घटनालाई सम्झनु भन्दा त्यस्तो अवस्था सिर्जना नै हुन नदिन अहिले बाट नै कसरत गर्नु पर्ने बताए । चाडपर्व मदिराजन्य पदार्थको अत्याधिक सेवनले हुने होहल्लालाई नियन्त्रण गर्न सुरक्षा निकायले कडा निगरानी गर्नु पर्ने उनले बताए । सबै धर्मका पर्वलाई धुमधामका साथ शान्ति पूर्ण वातावरण मनाउनु पर्ने खानले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, शसस्त्र प्रहरीका एसपी, सामाजसेवी अकिल मियाँ उद्योग वाणिज्य संघ कृष्णनगरका सचिव पंकज गुप्ता, स्थानिय नागरिक समाजका प्रतिनिधी, संघसंस्थाका प्रतिनिधी, संचारकर्मी लगायतको उपस्थितीमा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu