माछा मार्न गएका जेष्ठ नागरिकको डुवेर मृत्यु
- प्रीन्स मिश्रा, कपिलवस्तु असोज ९
कपिलवस्तुको बभनपुरवाको पोखरीमा डुवेर एकजना जेष्ठ नागरिकको मृत्यु भएको छ । कृष्णनगर नगरपालिका वडा नं ९ का वभनपुरवा निवासी ७५ बर्षीय तेन्नी पासीको पोखरीमा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गाणेशपुरका प्रहरी सहायक निरिक्षक श्याम नारायण चौधरीले जानकारी दिए ।
प्रहरीका अनुसार तेन्नी पासी मानसिक सन्तुलन ठीक नभएको र मृगी भएको व्यक्ति रहेको प्रहरीले जनाएको छ । पासी सधै माछा मार्न जाने गरेको उनका परिवारले जनाएका छन ।
हिजो देखी नै हराएका तेन्नी मृगी आएपछी उनी पानीमा डुवेको आशंका गरिएको छ । उनको शरीरमा माछाले टोकोको जस्तो देखीएको प्रहरीले बताएको छ ।
आज विहान स्थानियले शव देखेपछी प्रहरीलाई खबर गरेको प्रहरीले बताएको छ । शवको शिवराज अस्पाताल बहादुरगंजमा पोष्टमार्टम गरी उनको परिवारको जिम्मा लगाइएको छ ।