Connect with us
Kapilvast Forest

शुद्धोनका ८२ घरधुरीलाई लालपूर्जा वितरण

२०७८, १७ चैत्र बिहीबारमा प्रकाशित

भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले लवनीमा आयोजित कार्यक्रममा लालपुर्जा वितरण गरिन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले वर्तमान सरकार संविधानको रक्षा गर्न र संविधानमा भएका व्यवस्था अनुसार काम गर्न बनेको बताइन् ।

साथै उनले कर्मचारीहरू र जनप्रतिनिधि मिलेर नतिजामा आधारित भएर काम गर्नु पर्ने बताइन् । सधैँ सबैलाई भ्रष्टाचारी, काम नगर्ने दलको सूचीमा राख्ने जस्ता आरोप लाग्ने र त्यसै तर्फ सबैको नजर पर्ने गर्दा धेरै उल्लेखनीय कार्य नभएको बताइन ।

साथै मन्त्री श्रेष्ठले जनतालाई तत्कालै फाइदा पुग्ने र रोजगारी सिर्जना हुने कार्यक्रमहरु बनाउने र भू उपयोगको सही तरिकाले सदुपयोग गर्न सक्ने नीति आवश्यक भएको बताइन् । कार्यक्रममा मन्त्रालयका सचिव राम प्रसाद थपलियाले जन चाहना अनुसार छिटो छरितो कर्मचारीहरू वाट सो प्रवाह र विश्वास जितेर काम गर्न आग्रह गरे ।

साथै कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अंहमद खांले विगत २०२१ साल देखीको गाउंब्लक समस्या भर्खर समस्या समाधान हुन लागेको बताए । एक गाउँ र वडा नभई १ वर्ष भरी सबै पालिका र जिल्लाबाट यो समस्या समाधान गर्न आग्रह गरे ।

साथै सुकुम्वासीका समस्या पनि सरकारले तत्काल समाधान गर्नु पर्ने बताए । कपिलवस्तुमा २०२६ साल वाट सूरु गरिएको गाउब्लक जग्गा २०२८ मा सामान्य नापी गरिएको थियो । त्यसपछि २०६५ वाट यसले निरन्तरता पाएको छ ।

हाल सम्म जिल्लामा सविकका ८१ गाविस वाट १०९३ गाउंब्लक र ६७ बजार ब्लक रहेको छ । हाल सम्म १०८६ गाउंब्ललको नापनक्सा कार्य सम्पन्न भएको छ भने २५९ वटा गाउंब्ललको ६७६८ थान पुर्जा वितरण कार्य सम्पन्न भएको जिल्ला नापी कार्यालयमा प्रमुख कैलाशनाथ पाण्डेयले बताए ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेय,गाउँपालिका उपाध्यक्ष सुधादेवी पाण्डेय, उप महानिर्देशक सुशील ढगोल , गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत ऋषिराम पन्थी , मालपोत कार्यालय तौलिहवाका प्रमुख ऋषिराम पौडेलको उपस्थिति रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu