Connect with us
Kapilvast Forest

पेट्रोलियम व्यवसायीको मनपरी, अत्यावश्यक इन्धनको बिक्रीमा अवरोध 

२०७८, १८ चैत्र शुक्रबारमा प्रकाशित

nepal-aayal-nigam.jpeg

 

काठमाडौँ – राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबारदेखि अत्यावश्यक पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प पारेको छ । इन्धन ढुवानी भाडालाई डिजेलको मूल्य अनुपातमा घटबढ हुनेगरी स्वचालित प्रणाली कायम गर्नुपर्ने, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि गर्नुपर्ने लगायत माग राख्दै करिब दुई सातादेखि आन्दोलन गरिरहेका उनीहरुले शुक्रबार डिपोबाट इन्धन लोड/अनलोड नै बन्द गरे । जसले गर्दा पम्पहरुबाट हुने इन्धनको बिक्री वितरणमा असर परेको छ । आइतबारबाट बिक्री नै ठप्प पार्ने चेतावनी व्यवसायीले दिएका छन् ।

 

अत्यावश्यक वस्तुको रुपमा रहेको इन्धनको ‘लोडिङ’ नै बन्द हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिकीमा पर्छ । व्यवसायीले एकतर्फी रुपमा इन्धनको बिक्री वितरण अवरोध गरेको भन्दै नेपाल आयल निगमले जायज माग सम्बोधन गरिदिने बताएको छ । ‘जायज माग सम्बोधन गर्नका लागि केही समय माग गरेका थियौं । पटक/पटक व्यवसायीले एकतर्फी आन्दोलन गरिरहेका छन्’ निगमका प्रबक्ता बिनितमणि उपाध्यायले भने, ‘शुक्रबार नै बिक्री प्रभावित बनेको छ । दिउँसो एक बजेसम्म आर्मी, नेपाल प्रहरी, ससस्त्र प्रहरी र साझा बाहेक निजी पम्पले तेल लोड गरेका छैनन् । केही व्यवसायीहरुले थानकोट र अमलेखगन्ज डिपो समेत घेराउ गरेको उपाध्यायले बताए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu