Connect with us
Kapilvast Forest

रिटर्नी फेडेरेसन शिवराजको अध्यक्षमा प्रेम सुनार चयन

२०७८, १८ चैत्र शुक्रबारमा प्रकाशित

न्युज सेन्टर नेपाल , कपिलवस्तु-नेकपा एमालेको भातृ संगठन रिटर्नि फेडेरेसन नेपाल शिवराजको प्रथम नगर भेला सम्पन्न भएको छ । चेम्वर अफ कमर्स कपिलवस्तुको हलमा आज भएको भेलाले भेला ले प्रेम सुनारको अध्यक्षतामा ११सदस्यीय नगर कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा देबि प्रसाद बेल्बासे, सचिवमा बासुदेब गैरे, कोषाध्यक्षमा मिना बि.क ं र उपसचिवमा ओम प्रकाश खनाल नर्विरोध चयन भएको निर्वाचन मण्डलका सदस्य निशा विश्वकर्माले जानकारी दिनु भयो । नगर भेला कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै रिटर्नि फेडेरेसन का केन्द्रिय सदस्य तथा जिला इन्चार्ज जय लाल गिरिले नेकपा एमाले देशको स्वाभिमान उचो पार्न खेलेको भुमिका नेपालीहरुले सदैब सम्झने बताउनु भयो ।

सोहि कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला सदस्य एबम शिवराज नगर उप प्रमुख शिव कुमारि चौधरीले अहिलेको अवस्थामा देश नै एमाले मय भएको बताउँदै सारा नेपालीको जनमत एमालेको पक्षमा आएको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा नेकपा एमाले शिवराज नगरकमिटी उपाध्यक्ष महादेव पोख्रेलले नेकपा एमालेले सदैव देश जनता र राष्ट्रको पक्षमा सहि निर्णय लिएर जनताको मन जितेकै कारणले चुनाव जित्न बठिन नभएको दावि गर्नु भयो ।
बिदेशबाट फर्केका नेपालीहरुको संगठन रिटर्नि फेडेरेसन नेपाल भएको हुंदा सबैलाई संगठनमा जोडीन आग्रह गर्दे ज्ञान सीपलाइ प्रयोग गर्ने गरि यो संगठनले काम गर्ने बताउंदै देशलाई अंगाडि लैजान क्षमता भएका युवाहरुले भुमिका खेल्नु पर्ने पोख्रेलले बताउनु भयो

जिला सचीबालय सदस्य टोप लाल पोख्रेल , जिल्ला सल्लाहकार संयोजक उपेन्द्र नाथ खनाल , जिल्ला सदस्य क. द्रोण अधिकारी, बुद्धभुमि नेकापा एमाले नगर कमिटी अध्यक्ष क.देबि बेल्बास लगायतले भेलालाई सम्बोधन गर्दै निर्बाचित पदाधिकारीहरुलाई सुभकामना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेकापा एमाले शिवराज नगर कमिटी सदस्य एबम रिटर्नि फेडेरेसन का नगर इन्चार्ज नेत्र बेल्बासे , नगर कमिटी सदस्य अर्जुन बेल्बासे, रिटर्नि फेडेरेसन का केन्द्रिय स्कुल भिभाग सदस्य सुभाष रेग्मीलगायत एमाले शिवराजका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu