Connect with us
Kapilvast Forest

राप्रपाले राजा फर्काउँदैन: लिङ्देन

२०७८, १९ चैत्र शनिबारमा प्रकाशित

rajendra-lingdel.png

 

उदयपुर- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीले भनेजस्तो राप्रपाले निर्वाचनमा जितेपछि राजा फर्काउँछ भन्ने कुरा भ्रम मात्र भएको बताएका छन्। पार्टी संगठन विस्तार दौडाहाको क्रममा सदरमुकाम गाईघाटमा शुक्रबार आयोजित ‘वृहत आमसभा’ कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले भने, हाम्रो देशमा कांग्रेस, एमाले र माओवादीहरूले लालु यादवले जनतालाई पुल बनायो भने त पुलिसले आएर तिमीहरूलाई पक्रेर लान्छ त्यहीं पुलबाट भने जस्तै राप्रपालाई निर्वाचनमा जितायौँ भने त राजा आउँछ नि त भनेर तर्साउने काम गरिराखेका छन्, यो भ्रमबाट हामी मुक्त हुनुपर्छ।

हिन्दु धर्म र संवैधानिक राजतन्त्रको नारा लिएर अघि बढिरहेको पार्टीका अध्यक्ष लिङ्देनले राजा फर्काउने कुरामा विश्वास नगर्न जनसमुदायमा आग्रह गरे। ‘यो आमसभा सुनेर फर्केपछि कांग्रेस, एमाले र माओवादी नेताहरु गाउँका जनतालाई भन्नेछन्, राप्रपा ठूलो पार्टी भयो भने राजा ल्याउँछ, त्यसैले भोट दिनुहुन्न,’ उनले भने, ‘तर, म अध्यक्षको नाताले यति भन्छु, हामी राजा फर्काउने छैनौँ, जनताको दुःखसुखमा साथ दिनेछौँ, भ्रष्टाचार शून्यमा झार्नेछौँ।’

उनले धर्मको बारेमा भने केही बोल्न चाहेनन्। साथै जनताले कांग्रेस, एमाले र माओवादीलाई देश बनाउने मौका पटकपटक दिएको भन्दै उनले तर, केही गर्न नसकेको आरोप लगाए। शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाललाई पटक-पटक देश बनाउने मौका जनताले दिए पनि जनअपेक्षा अनुरुप काम नगरेको हुनाले अब विकल्प खोज्न जनतालाई सुझाए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu