Connect with us
Kapilvast Forest

तीन डीआईजीको मुद्दा हेर्न नमिल्नेमा

२०७८, २१ चैत्र सोमबारमा प्रकाशित

काठमाडौँ- नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक बढुवा सिफारिस निर्णयविरुद्ध दायर भएको रिट आज पनि हेर्न नमिल्नेमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो । तर, हेर्न नमिल्ने सूचीमा राखिएको छ । यसअघि हिजो पनि हेर्न नमिल्ने सूचीमा राखिएको थियो । प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu