नेपाल आयल निगमले सधै निगमलाई घाटा भईरहेको तथ्याङ्क मात्र बाहिर ल्याउने गरेको नेताहरुको आरोप छ । रुस–युक्रेन युद्धको बाहानामा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेताहरुले तत्काल मूल्य वृद्धि फिर्ता लिन सरकार समक्ष माग गरेका छन् । सोही कोण सभालाई सम्बोधन गर्दै नागरिक समाज कपिलस्तुका कोषाध्यक्ष अर्जन पोख्रेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र महंगी विरुद्धको विरोध कार्यक्रममा नागरिक समाजको पनि समर्थन रहेको बताउनुभयो ।
राज्यले नागरिक प्रतिको दायित्व पुरा गर्न नसकेको उहाँको भनाई छ । उहाँले सबैले आआफ्नो स्तरबाट सरकारलाई खबरदारी गर्न जरुरी रहेको आवश्यकता औल्याउनुभयो । सोही कार्यक्रममा प्रदर्शनकारीहरुले एमसीसीको समेत चर्को विरोध गरेका छन् ।